‘जि’ले खोटाङ र भोजपुरमा कार्यक्षेत्र विस्तार गर्ने

शिखर गजरकोटे,
सोलुखुम्बु, श्रावण २५

गैरसरकारी संस्था जि फाउण्डेशनले खोटाङ र भोजपुरमा कार्यक्षेत्र विस्तार गर्ने भएको छ ।

एक दशक देखि सोलुखुम्बु र खोटाङका ग्रामिण भेगमा सामुदायीक विकासका क्रियाकलापमा बैशाखीको भूमिका निर्वाह गर्दै आएको जि फाउण्डेशनले खोटाङको केपिलासगढी गाउँपालिका १ फेदी (साविकको फेदी गाविस) र भोजपुरको साल्पा सिलिचुङ गाउँपालिका ५ र ६ दोभाने (साविकको दोभाने गाविस)मा कार्यक्षेत्र विस्तार गर्न लागेको हो ।

नयाँ कार्यक्षेत्रमा शुरुवाति परियोजना भएकाले खोटाङमा सृजनशील भरिया समाज र भोजपुरमा पहाडि विकास तथा संरक्षण समूह नेपाल बुङले सामुदायीक विकास समूह गठन, सामाजिक क्रियाकलाप र ५० हजार बराबरको शुरुवाति परियोजनाहरु संचालन गर्नेछन् । गठित सामुदायीक विकास समूहलाई प्रस्तावना लेखन र समूह व्यवस्थापन तालिम समेत प्रदान गरिने सोलुखुम्बु संयोजक जित्नजनम राईले जानकारी दिनुभयो ।

जि फाउण्डेशनले खोटाङमा सृजनशील भरिया समाज मार्फत राखावाङदेल, दिप्सुङ, सुङदेल, प्रयास नेपाल मार्फत महेश्वरी र जलेश्वरी, सोलुखुम्बुको सोताङमा सोलुखुम्बु विकास समाज, बुङमा पहाडी विकास तथा संरक्षण समूह बुङ, छेस्काममा नवयुग एकता विकास समिति, गुदेलमा नवज्योति यूवा मञ्च मार्फत पुर्वाधार निर्माण, कृषि, स्वास्थ्य र सरसफाईको क्षेत्रमा काम गर्दै आएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु