जन्ती मलामीमा परिणत

हिमाल एफ एम, जेष्ठ १७- छोराको विवाहमा जन्ती गएका बेहुलाका बाबुको बेहुलीको घरमा पुग्नुभन्दा १० मिनेटअघि हृदयघातका कारण मृत्यु भएपछि विवाह नै रद्द गरिएको छ । पञ्चन-५ सोलुखुम्बुबाट शुक्रबार छोरा डोलराज कार्कीको विवाहको जन्ती लिएर पावै-७ सोलुखुम्बुका भक्तबहादुर बस्नेतको घरमा जाँदै गर्दा बेहुलाका बाबु अक्कलबहादुर कार्की मुर्छा परी ढलेका थिए । उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सोताङ्मा लगिएकोमा राति ८ बजे मृत घोषित गरिएको इलाका प्रहरी कार्यालय सोताङका प्रहरी निरीक्षक नारायणप्रसाद गौतमले जानकारी दिए । उनको हृदयघातका कारण मृत्यु भएको प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ । बेहुलाका बाबुको मृत्यु भएपछि विवाह कार्यक्रम नै रद्द गरिएको छ ।

पञ्चन-५ सोलुखुम्बुका डोलराज कार्की र पावै-७ की देवीकुमारी बस्नेतबीच विवाह हुन लागेको थियो । बेहुलाका बाबुको मृत्यु भएपछि जन्ती गएकाहरु मलामीमा परिणत भएर अन्तिम संस्कारका लागि गएका सोलुखुम्बु विकास समाज सोताङ्का कर्मचरी सुशील बस्नेतले जानकारी दिए ।

Comments

comments

सम्बन्धित शीर्षकहरु