जनप्रतिनिधिहरुमा स्थानीय निकायको ह्याङओभर कायमै – कांग्रेस नेता शेर्पा

सोलुखुम्बु – नेपाली कांग्रेसका युवा नेता आङगेलु शेर्पाले स्थानीय तहका निर्वाचित जनप्रतिनिधिमा स्थानीय निकायकै ह्याङओभर कायमै रहेको बताएका छन् । संघियताको मर्म अनुसार स्थानीय तह छुट्टै अधिकार सम्पन्न सरकार भएपनि जनप्रतिनिधिमा भने निकायको प्रमुख जस्तो कार्यशैली झल्किएको उनको भनाई छ ।


प्राप्त अधिकारलाई प्रयोग गरि रणनैतिक र दुरगामी महत्वका विकासका क्रियाकलाप गरि लोककल्याणकारी सरकार सञ्चालन गर्नुपर्ने दायीत्व भएपनि कर्मकाण्डी काममै जनप्रतिनिधि अल्मलिएको नेता शेर्पाले दाबी गरे । हिमाल एफ.एम.को रेडियो कार्यक्रम हाम्रो सरोकारमा सम्बाद गर्दै कांग्रेस नेता शेर्पाले भने, ‘उहाँहरुमा हिजोको गाविस अध्यक्ष जस्तो कार्यशैली छ, जनताले प्रशासक होईन सरकार प्रमुख जिताएको हो, जसले नागरिकको बृहत्तर हितमा काम गर्छ ।’

अधिकांश स्थानीय तहका प्रमुखहरुले दाहिने हातले खर्च गर्ने र देब्रे हातले गोजी भर्ने काममा तल्लिन रहेको आरोप लगाउँदै शेर्पाले नितिगत रुपमा नै भ्रष्टाचार संस्थागत हुँदै गएको धारणा राखे । कांग्रेसको प्रतिपक्षि भुमिका कमजोर भयो नि ? भन्ने सवालमा उनले भने, ‘कांग्रेस संस्कारयुक्त पार्टी हो, सडकमा जाम र सदन तोडफोड कांग्रेस निति भित्र पर्दैन, वेथितिका विरुद्ध नागरिक सचेतना अभियान चलाएकै र्छौँ ।’ पछिल्लो समय जनतामा नेकपालाई जिताएकोमा पछुतो बढ्दै गएको भन्दै कांग्रेसले आगामी चुनावमा सबैको मन जित्ने दाबी गरे ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!