जनता मावि लोखिममा शंकास्पद बस्तु फेला  

दिपेन्द्र पराजुली,
सोलुखुम्बु, असार ९

सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिका ९ लोखिम स्थित जनता माविको परिसरमा शंकास्पद वस्तु भेटिएको छ ।

गएराति बाल क्लव, विद्यालय र राष्ट्रिय झण्डा उखेलेर सोही स्थानमा तारले बेरेको अवस्थामा शंकास्पद वस्तु राखिएको र उक्त वस्तु बम हुनसक्ने आशंका गरिएको वडाध्यक्ष भुपाल सिं राईले जानकारी दिए । सुकेपोखरीबाट प्रहरी टोली पुगेर अनुसन्धान थालेको छ ।

जिल्लाबाट प्रहरी निरिक्षक उत्तम कार्कीको नेतृत्वमा प्रहरी टोली खटाएको प्रहरी नायब उपरिक्षक शालिग्राम शर्मा पौडेलले बताए ।

अज्ञात समूहको गतिविधि प्रति वडा कार्यालयले विज्ञप्ती जारी गर्दै दोषी पहिचान गरि कारबाहीको माग गरेको छ । साथै, वडाका नागरिकलाई सचेत रहन समेत आग्रह गरिएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु