जंगलको आगो नियन्त्रणमा दमकल

हिमाल एफ.एम.
सोलुखुम्बु, चैत्र १

सोलुदुधकुण्ड नगरपालिका ११ तिङलाको स्थानीय जंगलमा लागेको आयो नियन्त्रणमा दमकलको प्रयोग गरिएको छ ।

तिङलाको स्थानीय जंगलमा विहान ११ बजे लागेको आगो नियन्त्रणका लागि नगरपालिकाको दमकल प्रयोग गरिएको हो ।

हावाहुरीको कारण आगो अन्यत्र पनि फैलन सक्ने भयले गर्दा दमकलको समेत प्रयोग गरिएको नगरपालिकाका सूचना अधिकारी दापासा शेर्पाले बताए ।

नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सक्रियतामा दमकल प्रयोग गरेपछि आगो नियन्त्रणमा सजिलो भएको कडेनीझोडेनी सामुदायीक वन उपभोक्ता समितिका अध्यक्ष रामकाजी कार्कीले बताए ।

आगोलागीबाट सयौँ रोपनी जंगलको विनास भएको छ । उद्यपी, आगोलागीको कारण भने खुल्न सकेको छैन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु