चोरी नभई क्रियाशिल सदस्यता वितरणमा आलटालभ एको महासमिति सदस्यहरुको संज्ञा

हिमाल एफ.एम.,साउन १५ । नेपाली काँग्रेस सोलुखुम्बुको जिल्ला पार्टी कार्यालयमा केही दिन अगाडी भएको चोरी प्रकरणमा काँग्रेस सोलुखुम्बुकै केही महासमिति सदस्य र महाधिबेशन प्रतिनिधिले चासो ब्यक्त गरेका छन् । महासमिति सदस्यद्धय रामबहादुर बस्नेत, खिलराज बस्नेत र महाधिबेशन प्रतिनिधि विनोद बस्नेतले आज संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै क्रियाशिल सदस्यता तथा पार्टी कार्यालयमा चोरी नभई क्रियाशिल सदस्यता वितरणमा आलटालको संज्ञा दिएका छन् । विज्ञप्ति मार्फत बस्नेतत्रयले चोरीको विषयमा पार्टीमा आन्तरिक छलफलनै नगरि मिडियाबाजि गरेको र पुलिस प्रशासनको शरणमा पुगेको भन्दै आपत्ति जनाएका छन् । उनीहरुले आगामि १३ औँ जिल्ला अधिबेशनमा धाधलिको पुर्व तयारीमा जिल्ला संस्थापन पक्ष लागि परेको धारणा ब्यक्त गर्दै पुलिश प्रशासनलाई चोरीप्रकरणको आन्तरिक मामिलामा विना सोचविचार कुनै कदम नाचल्न समेत आग्रह गरेका छन् । यता नेपाली काँग्रेस जिल्ला कार्यसमितिले भने आपराधिक घटनालाई राजनितिकरण गर्न खोजेको जनाएको छ । काँग्रेस जिल्ला सचिब चन्द्र आचार्यले आज विज्ञप्ति प्रकाशित गर्दै चोरी जस्तो जघन्य अपराधलाई पार्टी भित्रैबाट राजनितिकरण गर्न खोज्नु दुखद भएको भन्दै विभिन्न कोणबाट प्रहरी खोजविनलाई प्रभावित पार्न खोजिएको बताउनु भएको छ । साथै काँग्रेस जिल्ला समितिले केन्द्रीय कार्यालयसँगको समन्वयमा निर्धारित कार्यतालिका भित्रै क्रियाशिल सदस्यता वितरण गर्ने समेत जनाएको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!