चोरीको आरोपमा दुई व्यक्ति पक्राउ

सोलुखुम्बु, १६माघ –
सोलुखुम्बुको पावै ७ मा रहेको किराना पसलमा चोरी गर्ने २ व्यक्ति पक्राउ परेका छन् । शुक्रबार किराना पसल फोरेर रिचार्ज कार्ड सहित नगद चोरी भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । चोरीको आरोपमा सोलुखुम्बु गुदेल ७ का बर्ष १९ का अबिरल कुलुङ, छेस्काम ७ का बर्ष १६ का दिपेश कुलुङ पक्राउ परेका हुन् । १ लाख ६० हजार १ सय ९७ रुपैयाँ नगद, नेपाल टेलीकमको १ सय को ४३ थान रिचार्जकार्ड, महिला झोला १ थान बरामद गरिएको छ । उनीहरुको साथबाट खुकुरी र चक्कु सहित पीलास समेत बरामद गरिएको प्रहरी निरिक्षक पुक्ष्कर बोगटीले जानकारी दिए । उनीहरुको साथबाट ६ थान मोबाइल सेट पनि बरामद भएको छ ।
करिब ४ लाख बराबरको चोरी गरी भाग्दै गरेकोे अवस्थामा नेले प्रहरी चौकीले शुक्रबार नेलेमा पक्राउ गरेको थियो । उनीहरुलाइ जिल्ला प्रहरी कार्यलय सल्लेरी ल्याइएको छ । चोरी कार्यमा संलग्न रहेको आशंकामा अन्यको पनि खोजी भईरहेको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुले जानएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु