चोरिएको शब्दमा काव्याको विलौना, चोरलाई लिनाको धन्यवाद (अडियो सहित)

सोलुखुम्बु । संगीत व्यवसायी तथा गीतकार सुवास रेग्मीले सृजना चोरी गरेपनि धन्यवाद पाएका छन् । सायद, सुवासले ईमान्दारिता देखाएर होलान्, उनले केहि समय अघि लिना शर्मा रेग्मीको डायरीमा रहेको शब्द चोरेर लयमा ढाल्न सर्जक एकनारायण भण्डारीलाई दिएको स्विकार गरेका थिए ।

Chori

सृजनाको मर्म नमेर्न गरि भण्डारीले भाका बनाईदिए । काव्या आचार्यले स्वर दिईन्, गीत माईती घरवाट विरानो भएकी चेलीको वास्तविक विलौना बनेर गीत बजारमा आएपछि लिनाले सृजना चोरलाई सजाय दिईनन्, उनले त खुसि हुदै चोरलाई धन्यवाद दिएकी छिन् ।

विन्ध्यवासिनी फाउण्डेशनकी अध्यक्ष रहेकी लिना शर्मा ‘किन आएनन् माईती लिन आएनन्’ तिज गीत बजारमा आएसंगै गीतका लिना शर्मा बनेकी छिन् । विन्ध्वासिनी म्यूजिकले बजारमा ल्याएको गीतमा भागेर विहे गरेको चेलीको माईती मोहलाई मार्मिक तवरले प्रस्तुत गरिएको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!