‘चुल्ठो’ मा आरुषी र शिखरको छमछमी (भिडियो सहित)

सोलुखुम्बु । गीतकार शिखर गजरकोटेले पुर्वेली लोक गीत ‘चुल्ठो’ सार्वजनिक गरेका छन् ।

गीतमा गजरकोटेको शब्द, प्रियजन राईको भाका रहेको छ भने दृष्ट्रिविहिन गायक तथा संगीतकार कृष्णभक्त राईको स्वर रहेको छ ।

पुर्वेली जुनतारा म्यूजिकले प्रस्तुत गरेको गीतमा आरुषी मगर र शिखर गजरकोटेको अभिनय रहेको छ भने भिडियोलाई प्रियजन राईको निर्देशन रहेको छ । जनकराज अधिकारीले क्यामरा चलाएका छन् ।

को हुन् गजरकोटे ?

पश्चिम तनहूँको गजरकोटमा जन्मेका उनले सोलुखुम्बुलाई कर्मथलो बनाउदै आएका छन् ।

दुई दर्जन बढि सृजना गरिसकेका गजरकोटेले पत्रकारिता समेत गर्छन् ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सोलुखुम्बुका अध्यक्ष समेत रहेका उनी नेपाल पत्रकार महासंघ सोलुखुम्बुका सचिब पनि हुन् ।

उनको सृजनामा पानी मिठो यारीखोलाको, पुर्वेली कान्छी, छाता थेन, तनहूँ गजरकोट, बादलु डम्मै, चरी भए देखि, बार लाउ है मायाले लगायतका दर्जनौ गीत स्रोत दर्शकले मन पराएका छन् ।

उनी सगरमाथाको फेदीमा बसेर सृजना गर्छन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु