‘चीनले भन्यो, नेपालको आन्तरिक ममलामा हस्तेक्षेप गर्दैनौ’

काठमाडौ, पुस ४ – नेपाल भ्रमणमा रहेका नेपाल भ्रमणमा आएको  चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका उपमन्त्री आइपिङले बिहीबार कांग्रेस सभापति  सुशील कोइरालासँग भेटवार्ता गरेका छन् ।  कोइराला निवास  महाराजगञ्जमा भेटवार्ता भएको हो।

‘कोइराला सँगको भेटमा पिङले  राजनीतिक दलका नेताहरु सहमति कायम गरी अगाडि बढ्न सुझाव दिए । उनले संविधानमा सबै जनताको सुझाव समावेश हुने विश्वास व्यक्त गरे ।  पिङले अर्को एक प्रसंगमा भने, ‘चीनले आन्तरिक मामलामा हस्तक्षेप गर्दैन,यसमा हामी अडिग छौं।’

छलफलमा  दुवै मुलुकमा भएका पछिल्लो राजनीतिक घटना, द्धिपक्षीय सम्बन्ध, नेपालको शान्ति प्रक्रिया एवं आर्थिक सहयोग र दुई पार्टीहरुको आपसी सम्बन्धका बारेमा कुराकानी भएको वार्तामा सहभागी कांग्रेस नेतृ सुजाता कोइरालाले जानकारी दिइन् ।

उनले संविधान निर्माणका बिषयमा पनि पिङले  चासो लिएको उल्लेख गरिन् ।  सहमतिमै सरकार र सं‌विधान निर्माण हुने चिनियाँ प्रतिमण्डले कोइरालासँगको भेटमा आशा राखेका थिए ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!