चीनले नाप्न थाल्यो सगरमाथाको उचाई

सोलुखुम्बु, वैशाख २७

चीनले तिब्बती मोहडाबाट सगरमाथाको उचाई नाप्न सुरु गरेको छ । ३० जना आरोही तथा सर्वेयरहरु बुधबार आधार शिविरबाट सगरमाथातर्फ लागेको चिनियाँ सरकारी न्युज एजेन्सी सिन्ह्वाले जनाएको छ ।

चीनको प्राकृति सांशाधन मन्त्रालयको यो टोलीले ग्लोबल नेविगेसन स्याटलाइट सिस्टम र ग्रेविमिटरको प्रयोग गरेर समुन्द्र सतहबाट सगरमाथाको सर्वेक्षण गर्ने पर्वातारोहण प्रशासनिक केन्द्रका उपाध्यक्ष वांग योंगफेंगले बताए ।

यो टिम अपि्रलको सुरुआतमै आधार शिविर पुगेको थियो । उनीहरुले त्यहाँ सगरमाथा आरोहण र हाइ अल्टिच्युड एरियामा कसरी सर्वे गर्ने भन्ने सिकेका थिए ।

वांगका अनुसार चिनियाँ सर्वेक्षणकर्ताले सन् १९४९ यता पाँच पटक सगरमाथाको उचाईबारे अध्ययन गरेका छन् । १९७५ मा सागरमाथाको उचाई ८ हजार ८४८.१३ मिटर र २००५ मा ८ हजार ८४४.४३ मिटर पाइएको थियो ।

हिमालहरुमा हिँउ कम भएकाले सगरमाथाको उचाईबारे बेलाबेला प्रश्न उठ्ने गरेको छ । नेपालले पनि अहिले सगरमाथाको उचाई नापिरहेको छ । स्रोत : अनलाइनखबर

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!