चिनियाँ कम्युनिष्ट पार्टीको १९ औं कंग्रेस बैठक सुरु


एजेन्सी, १८ अक्टोबर ।

चिनियाँ कम्युनिष्ट पार्टीको १९औं कंग्रेस बैठक बुधबारदेखि सुरु भएको छ । कडा सुरक्षाका बीच राजधानी बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा सुरु भएको कंग्रेसमा २ हजार ३ सयभन्दा बढी प्रतिनिधि सहभागी छन् । राष्ट्रपति एवं चिनियाँ कम्युनिष्ट पार्टीका नेता सी चिनफिङले कंग्रेसलाई सम्बोधन गर्दै भ्रष्टाचारविरुद्धको कारबाही अझ सशक्त बनाइने चेतावनी दिएका छन् ।

यतिखेर देशभित्रै भ्रष्टाचारविरुद्ध लडाईं जारी रहेको र यो लडाईं जसरी पनि जित्नुपर्ने उनले प्रष्ट पारेका छन् । भ्रष्टाचार नै चीनका लागि अहिले प्रमुख चुनौती भएको सीको भनाइ थियो । आफू राष्ट्रपति भएदेखि भ्रष्टाचारविरोधी अभियान सुरु गरेको भन्दै उनले अहिलेसम्म लाखौँ व्यक्तिलाई भ्रष्टाचारका विरुद्धमा कारबाही गरेको जानकारी दिए ।

Comments

comments

सम्बन्धित शीर्षकहरु