चिनियाँ उच्चस्तरीय टोलीद्वारा कांग्रेस र एमालेका शीर्ष नेतासँग भेटवार्ता

४ पुस, काठमाडौं । नेपाल भ्रमणमा रहेको उच्चस्तरीय टोलीले राजनीतिक भेटवार्तालाई तीब्र पारेको छ । टोलीले आज नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई आज विहान भेटेको छ भने र एमाले शीर्ष नेताहरुलाई भेट्ने कार्यक्रम रहेको छ ।

चिनियां कम्युनिष्ट पार्टीको अन्तराष्ट्रिय विभागका उपमन्त्री आई पिङ नेतृत्वको टोलीले बिहान कांग्रेस सभापति सुशील कोइरालासहितका नेताहरुलाई भेटेर नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारेमा जानकारी लिएको थियो । कोइराला निवास महाराजगञ्जमा भएको भेटमा राजनीतिक घटनाक्रमका साथै द्विपक्षीय सम्वन्ध सुदृढ गर्ने विषयमा छलफल भएको कोइरालाको निजी सचिवालयले जनाएको छ ।

चिनियाँ टोलीले चाँडै संविधान बन्नेमा विश्वस्त रहेको बताएको थियो भने सभापति कोइरालाले जनताले दिएको म्यान्डेट अनुसार चाँडै सरकार गठन गर्ने र संविधान निर्माण गर्न दलहरु केन्द्रित हुने बताउनुभएको थियो ।

कांग्रेसका शीर्ष नेताहरुसँगको भेट लगत्तै सो टोलीले एमालेका शीर्ष नेताहरुसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । एमाले मुख्यालय बल्खुमा हुने भेटवार्तामा पछिल्लो राजनीति परिस्थित र संविधान निर्माणका लागि दलहरुबीच भइरहेको छलफल लगायतका विषयमा छलफल हुनेछ ।

चिनियाँ टोलीले एकीकृत नेकपा माओवादी र नेकपा(माओवादीका शीर्ष नेताहरुसँग भेटवार्ता गरिसकेको छ । यसैबीच नेपाली कांग्रेसले चिनियाँ टोलीको सम्मानमा आज साँझ रात्रिभोजको आयोजना गरेको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!