चालु बर्षमै हरेक वडामा बैङिकङ सेवा – हलेसीका मेयर राई

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले चालु बर्षमै माछापुच्छे बैँकको शाखा रहित बैङिकङ सेवा पु¥याउने लक्ष्य राखेको छ । ११ वडा रहेको नगरपालिकामा भौगोल फराकिलो रहेका कारण पनि बैँकको सेवा पु¥याउने, त्यसले ग्रामिण लगानी र बचतको वातावरण सृजना गर्ने आशा संगै नगरपालिकाले आईतबार वडा नं ८ धितुङ र सोमबार वडा नं ३ च्यास्मीटारमा शाखा रहित सेवाको उद्घाटन गरिएको छ । यस विषयमा मेयर ईबन राईसंग सहकर्मी शिखर गजरकोटेले गर्नुभएको कुराकानीको सम्पादित अंश –

बैँकको सेवा शुरु भएपछि नागरिकलाई कस्ता सेवा पुग्ला ?

बैँक स्थापना पछि नागरिकमा बचत गर्ने बानीको विकास मात्र हुने छैन्, रेमिटुयान्स सेवा समेत प्राप्त हुनेछ । नागरिकको समयको बचत पनि हुनेछ ।

फराकिलो भूगोलकै कारण होला है, हरेक वडामा बैङिकङ सेवा शुरु गर्नुपरेको ?

हो, भुगोलकै कारण हो । संघीयतासंगै जनताको घरघरमा बैँक नारालाई साकार पार्नका लागि ११ वटै वडामा बैँक स्थापना गर्ने अभियान चलाएका हौ ।

सुरक्षा चुनौतिलाई ख्याल गर्नुभएको छ त ?

असुरक्षित वातावरण छैन् । नगरपालिकाले बैँकलाई सुरक्षाको प्रत्याभूति दिलाउने छ । साना कारोबार हुने भएकाले सुरक्षाका लागि जनप्रतिनिधिहरु नै चनाखो रहन्छौ ।

गाउँघरमा लगानीको वातावरण पनि बन्छ ?

बन्छ, हामीले बैँकसंग सम्झौता पनि गरिसकेका छौ । कृषि र साना उद्यमवाट नागरिकको उद्यमी बन्ने चाहनालाई पुरा गर्न लगानी गर्ने वातावरण बन्छ ।

हरेक वडामा कहिलेसम्म बैँक पु¥याउने लक्ष्य छ नी ?

चालु बर्षमै हरेक वडामा मात्र होईन, बाक्लो जनघनत्व भएको स्थानमा पनि बैङिकङ सेवा पु¥याउने तयारीमा छौ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु