चालकको निशुल्क आँखा परिक्षण

हिमाल एफ.एम.
सोलुखुम्बु, चैत्र ९

सोलुखुम्बुमा ३४ चालकको निशुल्क आँखा परिक्षण गरिएको छ । समुदायसंग प्रहरी साझेदार कार्यक्रम, दुर्घटना न्यूनिकरणका लागि १५ दिने अभियान अन्तरगत ठूला तथा साना सवारीका चालकहरुको निशुल्क आँखा परिक्षण गरिएको अस्थायी ट्राफिक पोष्टका ईन्चार्ज सन्जिव चौधरीले बताए ।

जिल्ला सामुदायीक आँखा केन्द्र र जिल्ला अस्पताल फाप्लुको सहयोगमा चालकको आँखा र रक्तचाप परिक्षण गरिएको हो । आँखामा समस्या भएकै कारण पनि दुर्घटना हुन सक्ने संभावनालाई मध्येनजर गर्दै परिक्षण गरिएको ईन्चार्ज चौधरीको भनाई छ । चालकलाई बेलाबेलामा आँखा स्वास्थ्यको बारेमा पनि ख्याल राख्नुपर्छ भन्ने चेतना प्रवाहका लागि पनि आँखा परिक्षण गराईएको हो ।

चैत्र १ गते चालक र सह–चालकलाई पोषक वितरण गरेर शुरु गरिएको अभियान अन्तरगत ठूला सवारीमा फोहोर व्यवस्थापनका लागि डस्विन भएनभएको र जेष्ठ नागरिक, महिला र अशक्तको आरक्षण सिटको व्यवस्था भएनभएको अनुगमन गरिसकिएको छ । विद्यार्थीलाई ट्राफिक चेतना अभिबृद्धिका लागि जनजागृती माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई सचेतना कक्षा लिनुका साथै विद्यार्थीलाई ट्राफिक नै बनाएर सडकमा परिचान गरिएको छ ।

दुर्घटनाको जोखिम भएका स्थानमा ट्राफिक संकेत भएनभएको अनुगमन गर्ने र नभए तत्काल स्थानीय तहसंग समन्वय गरि चेतनामूलक होडिङ बोर्ड राख्ने काम भईरहेको ट्राफिक ईन्चार्ज चौधरीले बताए ।

Comments

comments

सम्बन्धित शीर्षकहरु