चार अजिङरले मान्छेको मसाज गरे

सर्प भन्दासाथ धेरैको जिउमा काँडा उम्रन्छ । नजिक पर्ने त कुरै भएन् । तर, स्कटल्याण्डका इयान म्याकलिन भने ठूला–ठूला अजिङगरहरुलाई अंगालो मार्छन र उनीहरुबाटै जीउको मसाज पनि गराउँछन् ।

उनले हालै मात्र चार ठूला डरलाग्दा अजिङगरबाट मसाज गराएका छन् । स्नेक मसाजका लागि उनी फिलिपन्सको एक चिडिया घर गइरहन्छन् ।

एक वर्ष पहिले उनको हातमा चोट लागेको थियो । त्यसबाट मुक्ति पाउन उनी चार अजिङगरहरुबाट समाज गराउँछन् ।

चारै अजिङगर एकैपटक उनको शरिरमाथि सलबलाउँदा तौल २ सय ५० किलोभन्दा बढी छ । एक पटक अजिंगर शरीरमाथि आएपछि सहयोगीको मदत विना हटाउन सकिँदैन ।

अजिङगर विस्तार यताउता सर्दा जिउलाई निकै आनन्द आउने र निकै अनौठो अनुभव रहेको उनी बताउँछन् । स्नेक मसाज बिधि इन्डोनेसिया, थाइल्याण्ड लगायतका एशियाली मुलुकमा निकै पहिलेदेखि लोकप्रिय छ ।

–एजेन्सीको सहयोगमा

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!