चन्द्र शर्माको फरक योजना, बर्षमा १२ गीत

सोलुखुम्बु । पश्चिम दाङमा जन्मेका हुन्, चन्द्र शर्मा । ‘चरी भए आउँथे उडेर’, ‘नभन चिन्दिन’ लगायतका चर्चा कमाएका गीत एक दशक अघि ल्याएका शर्मा केहि बर्ष राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको केन्द्रिय नेतृत्वमा रहेर काम गरे ।

बर्ष ०७३ मा रमेश विजीको सृजनामा ‘चमचम चम्कने तारा’ मौलिक गीत बजारमा ल्याएका शर्माले नयाँ बर्षको शुरुवात संगै नयाँ योजना सहित बर्ष २०७४ मा सांगीतिक तिव्रता दिने सोचमा छन् ।

बैशाख १ गते २०४० साल तिर अम्मर विरही गुरुङको संकलनमा रेडियो नेपालमा रेकर्ड भएको ‘सलल बग्यो गण्डकी’ लाई पुन रेर्कड गरि सार्वजनिक गरेका शर्माले ‘हरेक महिना एउटा गीत’ सार्वजनिक गर्ने योजना बनाएका छन् ।

१२ महिनामा १२ वटै मौलिकपन बोकेका गीत बजारमा ल्याउने योजना सहित लोक क्षेत्रमा सक्रिय हुने शर्माले बताए । उनले आफ्नो लगानी र बौद्धिक सम्पत्तिको सुरक्षाका लागि यूट्व च्यानल समेत संचालनमा ल्याएका छन् । सोहि च्यानलवाट शर्माले ‘सलल बग्यो गण्डकी’ सार्वजनिक गरेका हुन् ।

अम्मर विरही गुरुङले २०४० सालमा रेडियो नेपालमा रेकर्ड गराएको गीतलाई चन्द्र शर्माले पुन ः रेकर्ड गराएका हुन् । सार्वजनिक गरिएको गीतमा जिवन्त शब्द संयोजन दुर्गा रायमाझीले गरेका छन् ।

गीतमा शर्मालाई गायिका टिका पुनले साथ दिएका छन् । शंकर विसीले निर्देशन गरेको गीतको भिडियोमा अग्रज लोक क्षेत्रका कलाकर्मीलाई देख्न पाईन्छ ।

शर्माले कुराकानीमा भने, ‘अब बजारमा सार्वजनिक हुने गीतमा अधिकांश लय शब्द मेरा हुन्छन्, जेठ र असार महिनामा सार्वजनिक गर्ने गीत तयारी भईसकेको छ ।’ उनले सृजनामा पनि खुबी भएको प्रमाणीत गर्ने कोशिसमा रहेको बताए ।

Comments

comments

सम्बन्धित शीर्षकहरु