घैँटे मारेर प्रहरीले अपराध गर्याे : सभाषद के सी

प्रहरीको मोष्ट वान्टेड सुचीमा रहेको चर्चित डन चरि मारिदा जस्तै अर्का डन कुमार घैँटे मारिदा पनि नेताहरुले दुख मनाउ गरेको र प्रहरी माथि धारे हात लगाएको पाइयो । बिहिबार काठमाडौँको कपुरधारामा प्रहरी इन्काउण्टरमा घैटे मारिए पछि नुवाकोटका नेपाली काग्रेसका नेता एब सभाषद जगदिश नरसिङ के. सी. अहिले प्रहरी प्रति तिब्र आक्रोश ब्यक्त गरिरहेका छन् । यही बिषयमा हिमाल एफ एमकर्मी बिक्रम श्रेष्ठले सभाषद केसी संग गरेको कुराकानी :

नेपाल प्रहरीको मोष्ट वान्टेड सुचीमा रहेको डन कुमार घैटे मारिदा तपाइले किन उनको बचाउ गर्नुभएको ?

तपाइलाइ मेरो पहिलो जवाफ उनी प्रहरीको मोष्ट वाण्टेड सुचीमा थिएनन्, उनले एक महिना अगाडी मानब अधिकार आयोगमा निबेदन दिएको थियो । मेरो कहीँ कतै अपराध संबन्धी घटना छ भने यस बिषयमा छानबीन गरि पाउँ, छानबीनबाट जस्तोसुकै कार्बाही पनि भोग्न तयार छु भनेको थियो । आयोगलाइ प्रहरीले कुमार श्रेष्ठको बारेमा कुनै पनि किसिमको वाण्टेड सुचीमा नरहेको र कुनै पनि कसुरमा पक्राउ गर्नु पर्ने नदेखिएको जवाफ दिएको थियो । त्यसैले उनी प्रहरीको मोष्ट वाण्टेड होइनन् । उनको प्रहरीले हत्या गर्याे ।

दशक भन्दा बढि देखि आपराधीक क्रियाकलापमा संलग्न एक जना गुण्डा समाउन खोज्दा उल्टै प्रहरीलाइ फायरिङ गर्ने अनि जवाफी कार्बाहीमा मारिदा तपाइलाइ यत्रो आपत्ति ?

मेरो कुनै आपत्ति होइन, कोही मानिस हत्यारा होला, हत्यारालाइ कानुनी रुपमा कार्बाही गर्ने सवालमा मेरो कुनै गुनासो छैन । तर उ माथि अहिले १ हप्ता अगाडी मानब अधिकार आयोगलाइ कुमार माथि कुनै अपराध देखिदैन भन्दा भन्दै स्वयम प्रहरीले किन उनको हत्या गर्याे । सवाल यहा छ । मासनले बाँच पाउने अधिकार जो नेपालको कानुनमा सुरक्षित छ । त्यो प्रहरीले उल्लंघन गर्याे ।

के सी जी, आजको घटना पछि सामाजिक संजालहरुमा जनताले धन्यबाद सहित प्रहरीको गुनगान गाएका छन् । यस अघि चरि भनिने दिनेश अधिकारी डन मारिदा पनि प्रहरीलाइ त्यस्तै स्वाब्बासी आएको थियो । तर जसरी चरि मारिदा एमालेका नेताहरु चरि संगै सति जान खोजे त्यसरी नै यस पटक काग्रेसका नेताहरु बुरुक बुरुक उफ्रिराख्नुभएको छ । किन ?

चरि मोष्ट वाण्टेड नै थिए त्यस बेला । तर कुमार श्रेष्ठलाइ प्रहरीले नै मोष्ट वाण्टेड सुचीमा छैन भने कै छ । म फेरी दोहोर्याउछु उनी मोष्ट वाण्टेड सुचीमा थिएनन् । उनलाइ आफ्नो घरको गेटमा मोटरसाइकलबाट ओर्लन नपाउदै तीन तीरबाट प्रहरीले फायरिङ गरेको छ, फायरिङ गर्ने ५ जना नै प्रहरीको नाम पनि किटान छ । एउटा अपराध गर्ने ब्यक्तिलाइ प्रहरीले भ्यानमा सिभिलमा आएर गोली हानेर गयो, मान्छे ज्युदो छ भनने सुचना पाए पछि प्रहरीले फेरी गएर टाउकोमा गोली हानेर हत्या गरेको छ । त्यसेले नेपालको कानुनमा जस्तो सुकै अपराधी होस, मान्छे मार्ने छुट छैन । इन्काउण्टरको नाममा मान्छे मार्न पाइदैन । मैले कसैको बचाउ गरेको पनि होइन, मात्रै बिधिको शासन खोजेको हो ।

अरु सबै नेता चुप्प लागेको बेलामा तपाइलाइ मात्रै किन आपत्ति, यदी तपाइले भनेकै सही हो भने अरु पनि कराउथे होला । तपाइ नै अघि सरेर बोल्नलाइ ती घैटे संग तपाइको कुनै खास संबन्ध थियो ? गण्डाको बचाउमा बोल्दा अलिकति लाज लाग्दैन ?

संबन्ध त उ मेरो एउटै गाउले हो । हामी वल्लो घर पल्लो घरको छिमेकी हौँ नुवाकोटको । म फेर िसपष्ट पार्दैछु, मैले कुनै गुण्डाको बचाउ गर्न यसो भनिरहेको छैन । मात्रै मेरो सवाल भनेको उनी माथि इन्काण्उटर मारियो भन्दा पनि उनी माथि हत्या भो । यही बिषयमा छलफल गर्न माननियहरु भिमसेन दास प्रदान र धनराज गुरुङ म संगै हुनुहुन्छ । यो सिधा गृहमन्त्रीको निर्देशनमा आजको घटना घटाइएको छ । यस्तो अपराध गर्ने छुट कसैलाइ पनि छैन ।

Comments

comments

सम्बन्धित शीर्षकहरु