घुर्मी–कटारी सडक खण्डमा जोखिमपूर्ण यात्रा गर्न बाध्य यात्रुहरु, प्रहरी भने मुकदर्शक

दिलीप खत्री
खोटाङ, असोज १९

उदयपुरको सिद्धिचरण राजमार्ग अन्तरगत पर्ने घुर्मी–कटारी सडक खण्डमा यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । दशैका समयमा यातायात व्यवसायीहरुले क्षमताभन्दा बढि यात्रु हालेर यातायातका सवारी साधन सञ्चालन गर्दा यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य हुन् । व्यवसायीहरुले सामान बोक्ने निजी तथा सार्वजनिक बोलेरो जीपमा समेत खचाखच यात्रुहरु हालेर सञ्चालन गरिरहेका छन् ।

तर, क्षमताभन्दा बढि यात्रु हालेर यातायातका सवारी साधन सञ्चालनमा रहेपनि सुरक्षका लागि खटिएका प्रहरी भने मुकदर्शक बनेको देखिन्छ । त्यस क्षेत्रमा इलाका प्रहरी कार्यालय कटारी, प्रहरी चौकी वेतेनी र प्रहरी चौकी घुर्मी रहेका छन् ।

सडकको चौडाई, साँगुरा मोड, चिप्लो बाटो, क्षमताभन्दा बढि यात्रु चढाउने गरेकाले यात्रा निकै जोखिमपूर्ण देखिएको हो । पूर्वी शहरबाट खोटाङ, ओखलढुंगा र सोलुखुम्बु जाने यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।

२०५८ सालदेखि सञ्चालनमा आएको घुमी–कटारी सडक जिर्ण छ । सञ्चालनमा आएको केही समयपछि गरिएको ओटासिल पिच उक्किएपछि हाल सो सडक कच्ची सडक सरह बन्न पुगेको छ । ठाउँ–ठाउँमा सडक भत्किँदा र खाल्डाखुल्डी हुँदा सवारी साधन दायाँ–वायाँ कोल्टिँदै गुड्ने गरेका छन् ।

सडक वर्षामा हिलाम्मे हुँदा सवारी साधन भासिने र कतिपय उकालो बाटोमा उक्लिन नसक्ने समस्या छ । सबैभन्दा बढि समस्या गहुबारीदेखि घुर्मीसम्मको खण्डमा देखिएको छ । सडक पुःनमर्मत नहुँदा घुर्मी–कटारी सडक खण्डमा पटक–पटक दुर्घटना निम्तिने गरेको स्थानीयको गुनासो छ ।

साँघुरो र जीर्ण सडकमा जोखिम मोलेर यातायात सञ्चालन गर्नु परेको यातायात व्यवसायीको भनाई छ । कच्ची बनेको सडकमा जम्काभेट भएका सवारी साधनले व्याक गर्दै फराकिलो ठाउँ खोजेर वारपार गर्नुपर्दा त्यसैपनि यात्रा जोखिमपूर्ण छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु