घरेलुबाट २ करोड बराबरको कार्यक्रमहरु प्रस्ताब,

बिक्रम श्रेष्ठ माघ १४ – घरेलु तथा साना उद्योग बिकास समिति  सोलुखुम्बुले आर्थिक बर्ष ०६९–०७० मा ग्रामिण भेगका ७० जना तथा ७०–७१ मा ९० जनालाई लाई लघु उद्यामशिलताबारे तालिम प्रदान गरेको छ । यस अबधीभर उद्यमी बिकास कार्यक्रम, उद्योग प्रबद्र्धन कार्यक्रम र औद्योगिक बाताबरण मैत्री प्रबद्र्धन तथा प्रशिक्षर्थी रोजगार ब्यबस्थापन कार्यक्रम संचालन गरी ७० जनालाई लद्धु उद्यम बिकास संबन्धी तालिम प्रदान गरेको हो । फाप्लु स्थीत घरेलु तथा साना उद्योग बिकास समितिले आयोजना गरेको हाल सम्मको प्रगती  समिक्षा तथा आगामी आर्थिक बर्षका लागी कार्यक्रम प्रस्ताबका बिषयमा छलफलको क्रममा सो बिषय जानकारी गराईएको हो । साथै सो कार्यक्रमहरु संचालन गर्न२२ लाख ६३ हजार ३ सय ९८ रुपैयाँ खर्च भएको उद्योग अधिकृत चेतनाथ घिमिरेले जानकारी दिनुभयो । हालको आर्थिक बर्षमा उद्यामी बिकास कार्यक्रम अन्तर्गत  हाते होजियारी, सिलाई कटाई, उनी कपडा बुनाई संबन्धी तालिम तामाखानी, र सल्लेरी गाबिका सर्बसाधरणलाई प्रदान गरिएको छ  भने उद्योग प्रबर्घन कार्यक्रम अन्तर्गत ब्रिगेट निर्माण, फर्निचर निर्माण, ढाका बुनाई तथा हाते स्वीटर बुनाई तालिम बेनी, छेस्काम, देउसा मुक्ली गाबिसमा ४० जनालाई प्रदान गरिएको छ भने जुबुमा १० जनालाई प्रदान गरिने अधिकृत घिमिरेले जनाकारी दिनुभयो ।
यस्तै आगामी आर्थिक बर्ष ०७१–०७२ का लागी पनि २ करोड २२ लाख ५ हजार रुपैयाँ बराबरको कार्यक्रमहरु प्रस्ताब गरिएको छ । बिभिन्न उद्यमी बिकास कार्यक्रम, उद्योग प्रबद्र्धन कार्यक्रम र औद्योगिक बाताबरण मैत्री प्रबद्र्धन तथा प्रशिक्षर्थी रोजगार ब्यबस्थापन कार्यक्रम प्रस्ताब गरिएको छ । त्यस बाहेक यस  पटक उद्यमी अबलोकन भ्रमण, सवारी साधन खरिद, सवारी साधन मर्मत संबन्धी तालिमका लागी पनि थप कार्यक्रम तथा बजेट माग गरिएको छ ।

समिक्षा बैठकमा बोल्नुहुदै प्रमुख जिल्ला अधिकारी सिताराम कार्कीले सामाजिक क्षेत्रमा काम गर्ने गैर सरकारी सस्थाहरुले प्रगती बिबरण नदेखाउने भएकोले घरेलु तथा साना उद्योग बिकास समिति संग सहकार्य गरेको गैर सरकारी सस्थाहरुलाई प्रतिबेदनमा आर्थिक पारदर्शितालाई समेत जाँच गर्न उद्योग अधिकृत चेतनाथ घिमिरेलाई निर्देशन दिदनुभयो ।

साथै अन्य सरोकारवालाहरुले घरेलु तथा साना उद्योग बिकास समितिले तालिम मात्रै प्रदान नगरी सिप बिकास मुलक कार्य गरी तालिम प्राप्त जनशक्तिहरुलाई रोजगारमुलक कार्यक्रममा लगाउनु पर्ने बताएका छन् । गरसरकारी सस्था ईको हिमालले सिप बिकास कार्यक्रममा ईको हिमालले पनि सिलाई बुनाई तथा अन्य सिप बिकास तालिममा सहयोग गर्ने बताएको छ । ईको हिमाल सोलुखुम्बु संयोजक दिनेश गिरीले ईको हिमाल संगै सहकार्य गरी अघि बढ्न चाहेको बताउनुभयो । त्यस्तै महिला तथा बालबालिका कार्यलयका अधिकृत उर्बरा लुईटेलले महिलाहरुलाई सिप बिकास तालिम प्रदान गर्न केही बजेट आउने भएकोले घरेलु संग सहकार्य गरी काम गर्न तयार रहेको प्रष्ट पार्नुभयो । यता गँरास धेरै फुल्ने हुदा गुँरासको जुस बनाई बिक्री बितरण गरी आय आर्जनको बाटछो पहिल्याउन सकिने भन्दै जिल्ला बन अधिकृत भैरब घिमिरेले दुई कार्यलयको सहकार्यमा त्यसको सम्भाब्यता अध्ययन गर्नु पर्नेमा जोड दिनुभयो ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!