गौतम सागरका २ गीत सार्वजनिक (भिडियो सहित)

सोलुखुम्बु । एक हप्ता अघि मात्र पुर्वेली लोक गीत ‘भटौला नी साँईली’ सार्वजनिक गरेका गौतम सागर राईले एकैदिन २ वटा फरक विधाका गीत सार्वजनिक गरेका छन् ।

४ बर्ष अमेरिका बसाईपछि फर्केका गौतक सागरले दशैँतिहार कोशेलीको रुपमा पुर्वेली गीत ‘माया टाढा भो’ र गजल गीत ‘भुलु भन्छु’ बुधबार सार्वजनिक गरेका छन् ।

नेपाल बसाई छोटिदै गर्दा गायक राईले आफ्नै लेखन, आश कुमार राईको संगीत र सुवास जोशीको स्वरमा गजल गीत र गीतकार शिखर गजरकोटेको गीत लेखन, प्रियजन राईको भाकामा सावित्रा राई र आफ्नो स्वरमा पुर्वेली जुहारी ‘माया टाढा भो’ सार्वजनिक गरेका हुन् ।

सावित्रा र गौतम सागर ५ बर्ष पछि ‘माया टाढा भो’ गीतवाट लोक बजारमा प्रस्तुत भएका हुन् । उनीहरुले ५ बर्ष अघि दिलको ड्राईभर बोलको गीत संगै गाएका थिए ।

यी दुवै गीतलाई पुर्वेली जुनतारा म्यूजिक प्रा.लि. मार्फत बजारमा पठाईएको छ । भिडियो स्टुडियो मै खिचिएको छ । समय छोटा भएकै कारण गीत अनुसारको भिडियो निर्माणमा समस्या भएको सर्जक तथा गायक गौतम सागर राईले जानकारी दिए । राई सोलुखुम्बुको सोताङका हुन् ।

 

 

Comments

comments

सम्बन्धित शीर्षकहरु