गोरखामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना, मानवीय क्षति भएन

simrik_air_helicopter_Crash
हिमाल एफ एम, ७ असार – गोरखाको साम्दोमा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा परेको छ । हेलिकोप्टरमा आगो लागे पनि त्यसमा सवार सबै पाँचैजना सकुशल छन् ।

भूकम्प पीडितहरुका लागि औषधि र स्वास्थ्यकर्मी लिएर काठमाडौंबाट साढे ९ बजे हेलिकोप्टर गोरखाको साम्दोका लागि उडेको थियो ।

विहान सवा ११ बजे हेलिकोप्टर अवतरण गर्दा ढुंगा उछिटि्टएर पछाडिको भागमा लागेको र जलेर क्षति भएको सिम्रिक एयरका सिफ्ट म्यानेजर डिबी वलीले जानकारी दिए ।

उनले दुर्घटनास्थलमा प्राविधिक टोली पठाइसकेको र परीक्षणको काम भैरहेको जानकारी दिए ।

हेलिकोप्टर सुरेन्द्र पौडेलले उडाएका थिए । क्याप्टेन सुरेन्द्र पौडेलसहित ५ जनालाई मनाङ एयरको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु