गोक्योतालमा वेपत्ता एक विद्यार्थीको शव भेटियो, अन्यको खोजी कार्य जारी

शिखर गजरकोटे
सोलुखुम्बु, श्रावण २४

गोताखोरले गोक्योतालमा वेपत्ता ३ विद्यार्थीहरुमध्ये एकजनाको शव भेटेको छ ।

बुधबार विहान देखि खोजी शुरु गरेको गोताखोरले गत शनिबार सोलुखुम्बुको गोक्यो तालमा पौडी खेल्दा वेपत्ता भएका विद्यार्थीहरुमध्ये १६ बर्षिय पेम्बानुर्वु शेर्पाको शव भेटेको हो ।

खुम्जुङ माविवाट शैक्षिक भ्रमणका लागि गएका विद्यार्थीहरु तालमा पौडी खेल्ने क्रममा वेपत्ता भएका थिए । हराईरहेका पेम्बादोर्जी शेर्पा र सुनिल बराईलीको खोजी जारी राखिएको छ ।

खोजी कार्यमा विपत व्यवस्थापन तालिम केन्द्र कुरिनटार चितवनवाट शसस्त्र प्रहरी बलका गोताखोरको समूह खटेको छ । उद्यपी, बुधबार दिउँसो आकाशेपानीले स्थगीत गरिएको खोजी कार्य विहिबार विहान ७.३० बजेवाट शुरु गरिएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु