गुरुत्वाकर्षणको तरंग पत्ता लागेको दाबी

pic-pic-picकाठमाडौं, चैत ६ – अमेरिकी वैज्ञानिकले गुरुत्वाकर्षणको तरंग पत्ता लगाएको दाबी गरेका छन् ।

गुरुत्वाकर्षणको तरंग पत्ता लगाएसँगै ब्रह्मान्डको बुझाइका बारेमा नयाँयुग सुरु हुने दाबी ती वैज्ञानिकहरुको छ ।

प्रख्यात वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको ‘जनरल रिलेटिभिटी’को सिद्धान्तअनुसार गुरुत्वाकर्षण तरंग प्रकाशको गतिमा दौडन्छ ।

दुई ‘ब्ल्याकहोल’को ठक्करबाट निस्कने तरंग पत्ता लगाएको ‘लीगो अब्जरभेटरी’का अनुसन्धानकर्ताहरुले दाबी गरेका हुन् ।

लीगो परियोजनाका कार्यकारी निर्देशक डेभिड रेइट्जले विहीबार वासिंगटनमा गुरुत्वाकर्षणको तरंग पत्ता लगाएकोबारे जानकारी दिएका हुन् ।

यसबाट आइन्स्टाइनले सय वर्षअघि गरेको भविष्यवाणीको पुष्टि भएको पनि वैज्ञानिकहरुले दाबी गरेका छन् ।

पृथ्वीबाट अरबौं प्रकाश वर्ष टाढाको दुई ब्ल्याकहोल ठोक्किँदा स्पेस र समयको सम्बन्ध पत्ता लागेको दाबी वैज्ञानिकको छ ।

यसबाट वर्षौं–वर्षदेखि गुरुत्वाकर्षण तरंगकाबारेमा चल्दै आएको खोजको अन्त्य हुने अनुमान गरिएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु