गुम्बा पुनःनिर्माणका लागि २ करोड २४ लाख

राधा ढुंगाना
सोलुखुम्बु,१२फागुन
सोलुखुम्बुको ४८ गुम्बा पुनःनिर्माणका लागि आवास तथा पुन निर्माण प्राधिकरणले २ करोड रुपैयाँ उपलब्ध गराएको छ । ७२ साल बैशाख ११ गतेको भुकम्प र त्यस पछिको पराकम्पका कारण भत्कीएका गुम्बाहरुको पुन निर्माण तथा मर्मतका लागि बजेट प्राप्त भएको जिल्ला बिकास समितिले जनाएको छ । यस अघि सरकारले संकलन गरेको तथ्याङका आधारमा ती गुम्बाहरुको पुन निर्माणका लागि प्राधिकरणले पहिलो चरणमा २ करोड २४ लाख रुपैयाँ बजेट जिल्ला बिकास समितिको खातामा जम्मा गरिदिएको स्थानिय बिकास अधिकारी कृष्ण प्रसाद साप्कोटाले जानकारी दिए । सोलुखुम्बुको गुम्बा पुन निर्माणका लागि करिब १२ करोड रुपैयाँ रकम छुट्याइएको भए पनि कार्य प्रगतीका बारेमा थप बजेट प्राप्त हुने गरि प्राधिकरणले बजेट पठाउने उनको भनाइ छ । बौद्ध धर्मावलम्बीहरुको धार्मिक स्थल मानिने सोलुखुम्बुका अधिकांश गुम्बाहरु भुकम्पले क्षति पुर्याएको थियो ।
Picture 534
तथ्याङकमा समेटिएका गुम्बाको ब्यबस्थापन समितिका ब्यक्तिहरु अहिले धमाधम आफ्नो गुम्बाको पुन निर्माणका लागि लगत स्ष्टमेट तयार पार्न प्राबिधिक कार्यलयमा निबेदन प्राप्त भइरहेको प्राबिधिक कार्यलयका प्रमुख पुष्कर प्रसाद पोख्रेलले जानकारी दिए । भुकम्पले गुम्बामा पुगेको क्षतिको अबस्था हेरेर पुन निर्माणका लागि बजेट उपलब्ध गराउने जिबिसको तयारी छ । तर सर्बसाधरणको लागि आवास भन्दा गुम्बाको संरचना बिशिष्ट हुने भएकाले हाल जिबिसमा कार्यरत प्राबिधिकहरुले काम गर्न नसक्ने गुम्बा ब्यबस्थापन समितिहरुको बुझाइ छ । गुम्बा निर्माणमै काम गरेका अनुभबी ब्यक्तिहरुलाइ गुम्बाको पुन निर्माणमा खटाइनु पर्ने लुक्लाका दातेन्जी शेर्पाले बताए ।
ggg

Comments

comments

सम्बन्धित शीर्षकहरु