गुणस्तरिय शिक्षाका लागी जाल्पाको नमुना अभियान

राकेश नेपाली/चैत्र २३
उदयपुरको ताप्ली गाउँपालिका भित्र रहेका ८ वटा बिद्यालयले गुणस्तरिय शिक्षाका लागी ११ वटा योजना तयार गरेको छ । ताप्ली १ ओख्लेको देबी आधुभुत बिद्यालय, वडा नंम्बर ५ स्थित महेन्द्र रत्न माबी, पञ्चावती आबी, माबी कटहरेमा ११/११ वटा योजना तयार गरेका हुन् ।

यस्तै ताप्ली २ लेखगाउँ स्थित चिसापानी माबी, पन्चकन्या आबी ताप्लीपोखरी, ताप्ली ३ ईनामे स्थित माबी झिल्के पोखरी र कालिका आबी डाडागाउँमा समेत गुणस्तरिय शिक्षाका लागी योजना तयार गरिएको छ । गुणस्तरिय शिक्षाका लागी नेपाल सरकारले निर्धारण गरेको ९४ वटा सुचक मध्ये ४४ सुचकमा मा छलफल गरि ११ वटा सुचाङकलाई प्राथमिकता दिई सोही अनुरुप मापदण्ड अनुसार योजना बनाईएको बिद्यालयले जनाएको छ ।

 

जाल्पा एकिकृत बिकास समाजको सहजीकरण र वल्र्ड भिजनको सहयोगमा अन्र्तक्रिया तथा योजना निमार्ण कार्यक्रम मार्फत बिलद्यालयहरुले योजना तयार पारेका हुन् । गुणस्तरिय बिद्यालय बनाउनलाई बिद्यालय व्याबस्थापन समिती, शिक्षक, बिद्यार्थीको पटकपटक बसेको बैठकबाट निस्किएको निचोडलाई अन्र्तक्रिया तथा छलफल गरि योजना निमार्ण गरिएको जाल्पा एकिकृत बिकास समाज उदयपुरका फिल्ड अधिकृत खिना राउतले जानकारी दिनुभयो ।

जिल्लाको पुर्बमा १५ वटा बिद्यालय र पश्चिममा ८ वटा बिद्यालय गरी २३ वटा बिद्यालयले उक्त कार्यक्रम संचालन गर्दै आएको ताप्लीबाट सहकर्मी शुसिला लामिछानेले जानकारी दिनुभयो ।

 

Comments

comments

सम्बन्धित शीर्षकहरु