गार्मामा दुई वटा मोटसाईकले पैदल यात्रिलाई ठक्कर दिँदा ३ व्यक्ति घाईते


राधा ढुंगाना
सोलुखुम्बु, ३१ असोज

सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ७ गार्मामा दुई वटा मोटसाईकले पैदल यात्रिलाई ठक्कर दिँदा ३ व्यक्ति घाईते भएका छन् । आज दिउसो सल्लेरीबाट जोरबौद्ध तर्फ जाँदै गरेको को ४ प ३७ ४३ नम्बरको मोटरसाईकलले रोडको दाया साईडमा हिड्दै गरेको पैदल यात्री ६ तिङ्ला बस्ने बर्ष ५६ का शिंह बहादुर बस्नेत घाईते भएका छन् भने मोटरसाईकलमा सवार दुवै जना घाईते भएको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुले जनाएको छ ।

मोटरसाइकल चालक नगरपालिका ७ बस्ने बर्ष २४ को गणेश बहादुर मगर र पछाडी सवार नेचासल्यान गाउपालिका ७ बस्ने बर्ष ३० को प्रेम कुमार मगर घाईते भएका हुन् । डाईनेष्टिक हेलीकोप्टरद्वारा तिनै जना घाईतेलाई काठमाण्डौ लगी चाबहिल स्थित हेल्पिङ अस्तालमा उपचार भईरहेको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु