गायक विरहीले पोखे एक हुने चाहना (भिडियो सहित)

सोलुखुम्बु । गायन र सृजनाबाट सांगितीक यात्रा शुरु गरेका शुरु गरेका सागर विरही पछिल्लो समय संगीत संयोजन (एरेन्ज)क्षेत्रमा व्यस्त देखिन्छन् । उद्यपी, लोक सृजना र गायनलाई संगै अघि बढाएका छन् ।


संगीतमा डेढ दशक व्यतित गरिसकेका उनै सर्जक तथा गायक विरहीको दोहोरी गीत ‘केवल तिम्रो हुन’ अहिले डिजिटल बजारमा छ ।


तिम्रो लागि जन्मेको म सानु
तिमि छौ र दुनियाँ छ सानु
यो धर्तिमा जन्मिएको केवल तिम्रो हुन
चोखो माया गर्नेछु, तिम्रो लागि मर्नेछु, दिनेछैन् सानुलाई एक्लैएक्लै रुन

विरहीकै शब्द, भाका र संगीतसंयोजनमा तयार भएको गीतमा पुर्णकला विसीले महिला स्वरमा साथ दिएकी छिन् ।

तनहूँको घिरिङमा जन्मेका विरहीका यसअघि वस्ती पाल्पाको, लौरी वेतैको, गाउँकै जीवन ठिक छ, सुन ए माया गर्नेहरु, माया छ भन्देउ लगायतका दर्जनौ लोक तथा आधुनिक गीतले चर्चा कमाइसकेका छन् ।

प्रियंका श्रेष्ठ र निशान विसीले मोडलिङ गरेको गीतको भिडियोमा भागिरथ गाहा मगरको निर्देशन रहेको छ । भिडियो सम्पादन नविन घर्ति मगरले गरेका हुन् ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!