गायक राजु ढुंगेलको विश्लेषण लोक क्षेत्रमा पनि विभेद, मिडिया र स्रोता दोषि (कुराकानी सहित)

734801_10210937761903140_4656747962448080610_nसोलुखुम्बु । ओखलढुंगाको पोकली गाविसमा जन्मेका गायक हुन्, राजु ढुंगेल । गायनको हिसावले सम्पुर्ण प्रकारका गीत गाउने क्षमता राख्ने ढुंगेल बाद्यबादनमा पनि पोख्त छन् ।

दोहोरी साँझ तथा दोहोरी प्रतियोगीतामा मादल लगायतका बाजा बजाएर गायनमा प्रवेश गरेका गायक ढुंगेल पछिल्लो पुर्वेली बजारे भाका ‘अकबरे सुन’ वाट चर्चामा रहेका छन् । उनले यसअघि सुपारी जाईको माला, घर हाम्रो पुर्व तिरै हो जस्ता सफल गीतमा स्वर दिएका छन् । प्राय उनी मौलिक सर्जक अभय ढुंगेलको सृजनामा स्वर दिने गर्छन् ।

अभयको सृजना र नविन ढुंगेलको साथमा राजुले गाएको अकबरे सुनले मूलुकको प्रतिष्ठीत अर्वाडको ईज्जत पाएको ईमेज अर्वाडको अठारौ संस्करणवाट सर्बोत्कृष्ट मौलिक लोक गीतको अर्वाड समेत पाएको थियो । उनले पुर्वी भेगमा हुने कार्यक्रममा पुर्वेली कलाकारलाई नसम्झेका कारणले पुर्वेली गीत सुक्दै गएको गुनासो गरेका छन् । गायक राजु ढुंगेलसंग रंगकर्मी शिखर गजरकोटेले गर्नुभएको कुराकानी –

अकबरे सुनको सफलताले के जन्मायो ?
एउटा मौलिक मारुनी गीत जन्माएको छ । सोहि मारुनी गीतको काम भईहरेको छ । दुई महिना पछि गीत बजारमा पठाउने गरि काम भईरहेको छ, हेरौ कति सफल हुन्छौ ।

गीत किन ढिलो सार्वजनिक गर्नहुन्छ ?
ढिलो तर राम्रो काम गर्ने बानी भएकाले एकले अर्को सृजना नमरोस् भन्ने चाहना रहन्छ । अकबरे सुनको चर्चा नसेलाउदै अर्को गीत ल्याउनु अकबरेका लागी अन्याय हुने भएकाले ढिलो काम गर्छु तर गुणस्तरिय मौलिक काम गर्दछु ।

पश्चिमका गीत उर्लेको खोला जस्तो, पुर्वका गीत सुक्दै गएको खोल्सी जस्तो ! कारण के–के हुनसक्लान् ?
हुन त, गीत र गीतका विषय उस्तै नै हुन् तर तपाईले पुर्व पश्चिमको लोक गीत भनिसकेपछि के भन्छु भने पहिलो पुर्वका लोक गीतलाई पुर्वैमा माया गर्न छाड्दै गईयो । पश्चिमका गीतलाई माया गर्ने लहरमा आफ्नो पहिचान नै विर्सिएको भान भईरहेको छ । अर्को मिडियाले पनि मायाप्रिमका सस्ता गीत मात्रै घन्काईरहे । पुर्वेलीको पहिचानलाई भुल्दै गए । म त पुर्वेली गीत पछि पर्नुमा स्रोता र मिडिया नै दोषि रहेको ठान्दछु । अर्को कुरा पुर्वमा पश्चिमी गीतलाई माया मिडिया स्रोता दुवैले दिएका छन् तर पश्चिममा पुर्वेली गीतलाई स्थान नै दिईदैन । एक समय काफल गेडी कुटुक्क, वारी जमूना पारी जमूना लगायतका सिमित पुर्वेली गीत बजे तर अहिले शुन्य नै छ । मिडियाले पनि पुर्व पश्चिमको नाममा विभेद गरेको महसुस भएको छ ।

पुर्वेली गीतमा विकृती भेटिन्छन् र ?
भेटिदैन्, पश्चिमका गीतमा जस्तो सस्तोपन छैन् त्यसकारण पनि थोरे गीत बजारमा निकालिएपनि मौलिक परिवेशलाई भुलिएको छैन् ।

अन्त्यमा, वास्तविकता बोलेको हूँ । मिडिया र लोक स्रोताले मन नदुखाईदिनुहोला । मेरो गुनासोलाई मनन गरेर मिडिया र स्रोताले पुर्वेली गीतलाई गर्ने माया फेरिनेछ भन्ने आशा गरेको छु ।

Comments

comments

सम्बन्धित शीर्षकहरु