गाउँघरको मायाले फर्किए गौतम (भिडियो सहित)

सोलुखुम्बु । गायक तथा सर्जक गौतम सागर राईले ‘भेटौला नी साँईली’ पुर्वेली लोक गीत सार्वजनिक गरेका छन् ।

सोलुखुम्बुको सोताङ गाउँपालिकामा जन्मिएका राईले अमेरिकावाट फर्किएपछि गाउँघरको सम्झना लोक लयमा पोखेका हुन् ।

प्रियजन राईको भाका सृजनामा तयार भएको गीतमा शब्द र स्वर गौतम सागर राईको रहेको छ ।

पुर्वेली जुनतारा म्यूजिक प्रा.लि.को यूटुव च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको छ ।

गीतमा शुक्रबारे सोताङ बजार, हुलु देवी, बुढिडाँडा, दुधकोशी, हुँगाखोला लगायतका स्थानलाई मायापिरतीसंग मिसाएर प्रस्तुत गरिएको छ ।

आर्थिक अवस्था कमजोर परिवारमा जन्मेका राईले सानैदेखि अध्ययन संगै खुम्बु क्षेत्रमा सघर्ष गरेका थिए । पसिना बगाउदै साहित्य र संगीतमा रमाउदै आएका राईले केहि बर्ष अमेरिका बसे ।

आमाको स्वास्थ्यमा समस्या आएपछि नेपाल आएका राईले गाउँघरको सम्झनामा गीत गाए । गायक राईले केहि दिन पछि अमेरिका फर्कने तयारी गरेका छन् ।

 

Comments

comments

सम्बन्धित शीर्षकहरु