गाँजा खेतिबाट सम्पन्नता संभव छ : पुर्व कानुनमन्त्री तामाङ

सोलुखुम्बु – गाँजा खेतिलाई वैधानिकता दिनुपर्ने प्रावधान सहितको विधेयक संसदमा दर्ता भएको छ । यही विषयमा नेकपाका सांसद तथा पुर्व कानुनमन्त्री शेरबहादुर तामाङसंग सहकर्मी भानुभक्त निरौलाले गर्नुभएको कुराकानीको सम्पादित अंश :

फायल फोटो


गाँजा विधेयक किन दर्ता गराउनु भएको ?
सटकटमा भन्ने हो भने नेपाल र नेपाली धनी बनाउनका लागि हो ।

गाँजा खेति गरेर कसरी धनी बन्छन् नेपाली ?
यो नेपालमा पाईने जडीबुट्टी होे । लामो समयदेखि यसलाई ड्रग्सको रुपमा कानुनले यस्लाइ प्रतिबन्ध लगायो । यो नै गलत थियो । अन्तराष्ट्रिय बजारमा गाँजाको खरबौको व्यापार हुन्छ । यो लागु औषध हैन, बरु औषधीजन्य गुण (तत्व) भएको एउटा ब्रान्ड हो । त्यसो भएकाले गाँजाको सही सदुपयोगले स्वास्थ्यलाई हानी गर्दैन्, फेरी नेपाली जनतालाई खुवाउनका लागि उत्पादन गर्ने पनि हैन् ।

तपाईलाई थाहा छ, आज सयौँ नेपाली युवाहरु लागु औषधमा फस्ने क्रम बढिरहेको छ । अनि तपाई कसरी लागुऔषध हैन भन्न सकिन्छ ?
लागु औषधको कुलत गाँजा हैन, मान्छे गाँजा हैन, अरु खाएर फसिरहेका छन् ।

बार्षिक रुपमा प्रहरीले गाँजा नष्ट गर्दै आईरहेको छ ?
गाँजा खाएर कोही पनि मान्छे कुलतमा छैनन् र गाँजा चाँही हामीले निर्बाध रुपमा जहाँ पायो त्यँहा, जस्ले पायो त्यस्ले खानलाई हामीले दिन खोजेका पनि छैनौ । यस्लाई हामीले नियन्त्रण र नियम दुवै गर्नी हो ।

तपाईले पेश गर्नुभएको विद्येयक पास भयो भने गाँजा खेतिले वैधानिकता पाउनेभयो, यूवाहरु त झन् बिग्रने भयो नि त ?
कसरी बिग्रिन्छन् ? यो विधेयक म तपाईको मेलमा पठाइदिन्छु, त्यसपछि तपाईले त्यो विधेयकका प्रत्येक दफा मिडियामा प्रसारण गर्नुहोला । किनभने, यो विधेयक निर्वाध रुपमा युवाहरुले खानेकुरा लेखेका छैनौ ।


अहिले लुकिछिपी त खाईराखेका छन्, भोली खेति गर्न पाउने भएपछि त संख्या बढ्ला नी त ?
यो कानुनमा डाक्टरको सिफारिसको आधारमा औषधीको लागि मात्र प्रयोग गर्न सकिने व्यवस्था गरेका छौ ।

गाँजा खेतिबाट नेपालीलाई समृद्धी बनाउने भन्नु हाँस्यापद भएन र ?
यो कुनै हाँस्यापद छैन, प्रमाण र तथ्यको आधारमा हामीले यो विद्येयक पेश गरेका हौ । उदाहरणका लागि अमेरिकाको क्यार्लिफोनियामा गाँजा खेति गरेर सो स्टेटले बार्षिक २२ मिलियन डलर कमाउछ । नेपालमा गाँजा खेति सुहाउदो वातावरण छ । भलै, हामीले लागु औषधको रुपमा प्रयोग नगरौला तर गाँजाको गेडाबाट तेल, फूलबाट मह र यसको रेसाबाट उत्पादन हुने कपडा मात्रैले पनि हामी समृद्ध बन्न सक्छौ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!