गजरकोटेको सृजनामा ‘बार लाउ है मायाले’ (भिडियो सहित)

सोलुखुम्बु । खोटाङ खार्मीकी गायिका रेणुका राईले पुर्वेली जुहारी ‘बार लाउ है मायाले’ बजारमा सार्वजनिक गरेका छन् ।

गीतकार शिखर गजरकोटेको रचना, संगीतकार प्रियजन राईको भाका सृजनामा भर्सटायल गायक राजेशपायल राई र रेणुका राईको स्वरमा सजित पुर्वेली गीत पुर्वेली जुनतारा म्यूजिक मार्फत डिजिटल बजारमा सार्वजनिक गरिएको हो ।

मौलिक शब्दजालमा तयार पारिएको गीतको भिडियोलाई प्रियजन राईले निर्देशन गरेका छन् । जनकराज अधिकारीले क्यामरा चलाएको भिडियोमा ऋतु कोईराला, समिर राई र हरिचन्द्र राईले अभिनय गरेका छन् । भिडियोमा कलाकारले पहिरिएका मँैलिक भेषभुषाले अझ लोक प्रेमीको मनलाई लोभ्याएको छ ।

गीतमा समाबेश शब्दको पुरा अंश –

बार लाउ है मायाले
आँफैले शुरु गरेको प्रित पार लाउ है मायाले

मुसलधारे पानी है प¥यो दुधकोशी सुसायो
आँखाको भाका मनैले बुझ्यो पिरती टुसायो

जिउडाल हेर्दा खानदानी रैछौ बोलायौ चाखैले
नजरमा प¥यौ ध्यान तेतै ह¥यौ मिर्मिरे आँखैले

साँझको बेला खोलाखोल्सीमा झ्याउँकिरी करायो
मरिजाँउ कसम तिम्लाई भेटेसी होस मेरो हरायो

हिउँदको मैना हिमाली डाँडा हिउँ पर्दा अग्लियो
आगोको राँपमा ध्यू पग्लेसरि मन मेरो पग्लियो

चर्नलाई गाको पेटारे खसि अघायो पुटुक्कै
नचली हल्ला गरेर सल्ला भागौ की सुटुक्कै

घरैको पाली चुईन्छ तपतप छाउनुछ खरकाटी
मर्द हौ भने मागेरै लैजाउ जाँदिन भरकाटी

Comments

comments

सम्बन्धित शीर्षकहरु