खोेटाङमा आगलागिबाट २ घर जलेर नष्ट

दिपेन्द्र पराजुली,
सोलुखुम्बु, बैसाख २९
खोेटाङमा आगलागिबाट २ घर जलेर नष्ट भएका छन् । एैसेलुखर्क गाँउपालिका ६ ज्यामिरेका सुवास परियार र नरबहादर परियारको घर जलेको हो । आईतबार भएका आगोलागिमा सुवासको ६ लाख ८५ हजार र नरबहादुरको २ लाख ६९ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यलय खोटाङका प्रहरी निरिक्षक केशव कुमार कट्वालले जानकारी दिनुभयो । आगालागिमा घर तथा घरमा रहेका धनमाल नष्ट भएपछि परिवारको बिचल्ली भएको छ ।आगो सुवार परियारको घरबाट सुरु भएपनि आगलागिको कारण भने खुल्न सकेको छैन । आगो स्थानिय र प्रहरीले नियन्त्रणमा लिएको सहकर्मी खेमराज पुरीले जानकारी दिनुभयो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु