खोलामा डुबेर ज्यान गुमाएका विद्यार्थीको सम्झनामा गीत

खोटाङ, मंसिर १४

प्रयोगात्मक अध्ययन भ्रमणमा गएकोबेला २०७६ साल जेठ १८ गते खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका १९ वर्षिय एलिस बस्नेत र बिक्रम भट्टराईले खोलामा डुबेर ज्यान गुमाए । दिक्तेल प्राविधिक शिक्षालयमा सव–ओभरसियर अध्ययनरत उनीहरु दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ र साकेला गाउँपालिका–५ मात्तिमको सिमानामा पर्ने साप्सु खोलामा डुबेर ज्यान गुमाएको घट्नाले अहिले पनि जिल्लालाई झसङ्ग बनाउँने गर्छ । खोलामा पौडी खेल्नेक्रममा बिक्रम र एलिसले ज्यान गुमाउन पुगेको त्यही दर्दनाक घट्नालाई समेटेर गायक/संगीतकार हर्क गदालले ‘बस्छु सँधै रोई’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् ।

स्वयं गदाल र नन्दबहादुर बस्नेतको शव्द/संकलन गरेको लोकलयमा आधारिक दोहोरी गीतमा छोरा गुमाएपछिको आमाको बिलौनालाई बर्णन गरिएको छ । गदालकै संगीत रहेको गीतमा उनलाई गायीका शान्तीश्री परियारले साथ दिएकी छन् । बिक्रम चौहानको निर्देशन रहेको म्यूजिक भिडियोमा टिका जैशी, नविन रहपाल, रुकु बिष्ट र शाराद राउतको अभिनय देख्न सकिन्छ । म्यूजिक भिडियोमा कलाकारको अभिनयका अलवा घट्नाका विभिन्न ‘रिअल’ भिडियो क्लिप्स समेत समावेश गरिएको छ । सत्य घट्नामा आधारित म्यूजिक भिडियो बि स्टार फिल्मस प्रालिको यू–टुवमार्फत सार्वजनिक गरेको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले निवासी गायक गदालले नगरपालिका तथा गाउँकै छरछिमेकका शुभेच्छुकको सहयोगमा म्यूजिक भिडियो तयार पारेको बताए । उनले २०७५ साल असोजमा एकैसाथ ‘धेरै दुःख पाइयो’ र ‘बाटोमा हिँडियो ठिटीहरुले’ बोलको लोक गीतको म्यूजिक भिडियो बजारमा ल्याएका थिए । सानैदेखि सांगीतिक क्षेत्रमा क्रियासिल गदालको २०७३ सालमा ‘पसिनाले बसेँ रुझेर’, २०६४ सालमा ‘धोका पाको छु’, ‘यो मन रोइरहने’, ‘मायाँ पिरती लाउन’ लगायतका बोलको गीत बजारमा आइसकेको छ ।

 

Comments

comments

सम्बन्धित शीर्षकहरु