खोटाङ : हावाहुरीले बालीनाली सखाप बनाउँदा करोडौँको क्षति

सोलुखुम्बु, साउन २२


गएराति चलेको हावाहुरीले खोटाङमा करोडौँको अन्नबालीमा क्षति पु¥याएको छ ।

पानीसँगै चलेको हावाहुरीले मकै, फलफूलतथा रुख बिरुवा ढाल्दा करोडौँ मुल्य बराबरको अन्नबालीमा क्षति पुगेको हो ।

बुधबार साँझदेखि रातभर चलेको हावाहुरीले सबैभन्दा बढी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा क्षति गरेको जनाइएको छ ।

पन्ध्र वडा रहेको नगरपालिकाको लेकाली भेगमा पर्ने वडा नम्बर–११ खार्मीमा सबैभन्दा बढी क्षति पुगेको हो । खार्मीको लेकाली भेगमा लगाइएको मकै धान चमर निस्कन लागेको अवस्थामा रहेकाले हावाहुरीले ढाल्दा ठूलो क्षतिभएको स्थानीय बासी हर्कराज राईले बताए ।

नगरपालिकामा हावाहुरीले पु¥याएको क्षतिको विवरण आउन बाँकी रहेको नगरपालिकाका कृषि शाखा संयोजक धर्मेन्द्र कलौनीले बताए । हावाहुरीले जिल्लाको दशवटै स्थानीय तहमा क्षति गरेपनि विवरण आउन बाँकी रहेको कृषि ज्ञानकेन्द्र खोटाङका निमित्त प्रमुख हरिनारायण राईले बताए ।

त्यस्तै, खोटेहाङ गाउँपालिकामा हावाहुरीले कृषकहरुले लगाएको मकैमा क्षति पुर्याएको छ । फौजिकिराबाट जोगिएका मकै हावाहुरीले फेदैबाट भाँचेर सखाप पारेको स्थानिय कृषक दिपक विश्वकर्माले जानकारी दिए ।

यता, ओखलढुङगाको खिजिदेम्बा गाउँपालिका ६ लट्टेबारीमा पनि बुधबार राती पानीसंगै आएको हावाहुरीले मकै भाँचेर क्षति पुर्याएको स्थानिय गोविन्द कुमार खत्रीले बताए ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!