खोटाङ : हलेसी नगरको बजेट ५२ करोड ७८ लाख बढी

टिवन राई,
खोटाङ (हलेसी), असार १०


खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागी ५२ करोड ७८ लाख बढीको बजेट सार्वजनिक गरेको छ ।

नगर प्रमुख इवन राईको अध्यक्षतामा हलेसी स्थीत जाम्बला रीसोर्टको सभाहलमा भएको नगरसभामा ५२ करोड ७८ लाख १४ हजार ६५२ रुपैया बजेट उपमेयर बिमला राईले सार्वजनिक गरिन् ।


बुधबार अबेर सम्पन्न नगर सभाले बृहत हलेसी गुरुयोजनालाई पूर्णता दिने, नगरका धार्मिक तथा पर्यटकिय क्षेत्रहरुको पहिचान गरी विस्तार गर्ने, पर्यटन टेवाका लागि होमस्टे संचालन गर्ने योजना अघि सारेको छ । त्यस्तै, किरात संस्कृतिको प्रतिक तिनचुला, बाबु, बाघबंसी र खोक्चिलिपाको प्रतिमा, साकेलाथान र तिनचुला निर्माण, कुलपूजा देवाली थानको निर्माण गर्दै, लोपोन्मुख अवस्थामा रहेको बालन, संगिनी र मारुनी नाचलाई संरक्षण गरीने छ ।


प्रत्येक वडालाई कृषिमा आत्मनिर्भर बनाउनका लागि एक वडा एक कृषी क्षेत्र, एक वडा एक पशु क्षेत्रको अवधारणा ल्याएको छ । त्यस्तै सम्मुनत नगर निर्माणका लागि सडक निर्माण गर्ने, विभिन्न बर्ग, लिङ्ग, सम्प्रादाय, क्षेत्र, र जातजातीको विकास गर्नेे योजना छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!