खोटाङ : साकेलाको बजेट ३० करोड ७७ लाख भन्दा बढि

खोटाङ, असार ११


खोटाङको साकेला गाउँपालिकाले आर्थिक वर्ष २०७७र२०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आर्थिक तथा सामाजिक विकासलाई प्राथमिकता दिँदै गाउँपालिकाले ३० करोड ७७ लाख ४४ हजार ३०५ बजेटसहितको नीति तथा कार्यक्रम बुधबार सार्वजनिक गरेको हो ।

गाउँपालिकाको गाउँ सभामा गाउँपालिका उपप्रमुख सरिता खड्काले आर्थिक विकास अन्तर्गत १ करोड ३५ लाख, सामाजिक विकास अन्तर्गत २ करोड २२ लाख ३७ हजार, पूर्वाधार विकास अन्तर्गत ३ करोड ७७ लाख ३६ हजार ६१०, संस्थागत विकास तथा सुशासन अन्तर्गत ३८ लाख, वन वातावरण तथा विपद् व्यवस्थापन अन्तर्गत १५ लाख र प्रशासनिक खर्चमा ४ करोड ६२ लाख ५० हजार बजेट प्रस्तुत गरेकी छन् ।

वडागत बजेट अन्तर्गत १ करोड ७५ लाख, आर्थिक विकास अन्तर्गत कृषि तथा पशुको लागि १ करोड १५ लाख, दलित उद्यमशिलता विकास कार्यक्रमको लागि ५ लाख र पर्यटन प्रवद्र्धनमा १५ लाख बजेट विनियोजन गरिएकोे गाउँपालिका प्रमुख अर्जुनकुमार खड्काले बताए । सामाजिक विकास अन्तर्गत शिक्षालाई ९३ लाख, स्वास्थ्यमा ६४ लाख, महिला विकासमा १८ लाख ३७ हजार, युवा तथा खेलकुद विकास कार्यक्रममा १५ लाख, आदिवासी जनजाति भाषा तथा कला सँस्कृति संरक्षणमा ७ लाख, सूचना, सञ्चार तथा प्रविधिमा ५ लाख, मेलमिलापकर्ता तालिममा ५ लाख, पूर्ण सरसफाई घोषणा अभियानमा १५ लाख बजेट विनियोजन गरिएको छ ।

संस्थागत विकास तथा सुशासन अन्तर्गत गाउँपालिकाको कार्यालय मर्मत तथा संम्भारमा २० लाख, इलाका प्रहरी कार्यालय मानेभञ्ज्याङको प्रतिक्षालय निर्माणका लागि ५ लाख, सेवा र परामर्शमा ५ लाख तथा मर्मत सम्भार कोषमा ८ लाख बजेट विनियोजन गरिएको गाउँपालिका उपप्रमुख सरिता खड्काले जानकारी दिइन् ।

वन वातावरण तथा विपद् व्यवस्थापन अन्तर्गत नर्सरी स्थापना र रिचार्ज पोखरी निर्माणको लागि १५ लाख विनियोजन गरिएको छ भने, पूर्वाधार विकास अन्तर्गत डाँडागाउँ–दोबेला सडक निर्माणको लागि १३ लाख, कुन्तुङ सडक निर्माणको लागि रु सात लाख बजेट विनियोजन गरिएको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!