खोटाङ : संघको चालुमा ८८ र पुँजीगतमा ५० प्रतिशत बजेट खर्च

खोटाङ, साउन ९


खोटाङमा गत आर्थिक वर्ष संघीय सरकारबाट आएको कुल बजेटमध्ये चालुतर्फ ८८.५८ प्रतिशत खर्च भएको छ ।

आर्थिक वर्ष २०७६÷०७७ मा संघीय सरकार अन्तरगतका ३७ वटा कार्यालय तथा १० स्थानीय तहका लागि संघबाट पठाइएको कुल ५ अर्व ६६ करोड ६ लाख ९१ हजार ५९५ मध्ये ५ अर्व १ करोड ४७ लाख ४१ हजार ५३९ रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालय खोटाङले जनाएको छ ।

यस्तै, संघीय सरकारबाट प्राप्त भएको कुल पुँजीगतमध्ये ५० प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालय खोटाङका प्रमुख ध्रुब कार्कीले बताए । कुल पूँजीगत बजेट १ अर्व १९ करोड ८९ लाख १७ हजार ५९९ मध्ये ६० करोड १ लाख १९ हजार ८ रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

प्रदेश सरकारबाट प्रदेश अन्तरगतका ७ कार्यालय र स्थानीय तहलाई प्राप्त भएको बजेट र खर्चको हिसाव किताव भने हालसम्म प्राप्त नभएको कोष तथा लेखा नियन्त्रकको कार्यालयका प्रमुख कार्कीले बताए ।

जिल्लाका सबै स्थानीय तह, प्रदेश र संघीय कार्यालयको हालसम्मको बेरुजुको विवरण माग गरिएको र सो विवरणलाई कोष तथा लेखा नियन्त्रकको कार्यालयमा अद्यावधिक राख्ने व्यवस्था गर्न लागिएको जनाइएको छ ।

चालु आर्थिक वर्षका लागि प्रदान गरिने सबै प्रकारका अनुदान, राजस्व र आयको अनुमान सभामा पेश गरी पारित नगरे वा गत आर्थिक वर्षको खर्चको प्रगती विवरण साउनभित्र पेश नगरेमा भूक्तानी रोकिने प्रमुख कार्कीले बताए ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!