खोटाङ : रावावेसीको बजेट २९ करोड ८२ लाख बढि

प्रेम श्रेष्ठ,
खोटाङ (रावावेसी), असार १०


खोटाङको रावावेसी गाँउपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि २९ करोड बढिको बजेट ल्याएको छ ।


गाँउपालिका अध्यक्ष लिलानाथ निरौलाको अध्यक्षतामा सम्पन्न गाँउसभामा उपाध्यक्ष समला राईले २९ करोड ८२ लाख ९९ हजार ३ सयको बजेट प्रस्तुत गरिन् ।

जस अन्तरगत चालु खर्च ५ करोड ९१ लख ७७ हजार ३ सय रहेको छ । चालु खर्च मध्ये तलव भत्ता, कार्यालयको प्रशासनिक खर्च र सम्पूर्ण वडाको प्रकृति खर्च ४ करोड ४८ लाख १२ हजार छ । गाँउपालिकाले विभिन्न कार्यक्रमका लागि १ करोड ४३ लाख ६५ हजार ३ सय वजेट ल्याएको छ भने पँुजिगत खर्च तर्फ ८ करोड ३२ लाख २२ हजार रहेको छ ।


यस्तै कृषि तर्फ विषयगत कार्यक्रमका लागि १३ करोड १९ लाख बजेट ल्याएको गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले जानकारी दिए ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!