खोटाङ : रावाबेँसीमा भर्चुअल बक्तृत्वकला प्रतियोगिता

सोलुखुम्बु, भदौ २९


बाल दिवसको अवशरमा खोटाङको रावाबेँसी गाउँपालिकामा अनलाइन वक्तृत्वकला प्रतियोगीता गरिएको छ ।

दिवसको अवशरमा आइतबार हलेसी बिकास मञ्च खोटाङले ‘बन्दाबन्दीले बालबालिकामा पारेको अशर र वैकल्पिक शिक्षा’ विषयक भर्चुअल वक्तृत्वकला प्रतियोगीता गरेको हो । कोभिड–१९ को महामारीका कारण एक ठाउँमा भेला हुने र खुला कार्यक्रम गर्ने अवस्था नभएकाले अनलाइन वक्तृत्वकला प्रतियोगीता गरिएको हलेसी बिकास मञ्चका कार्यक्रम संयोजक बिरेन्द्र मगरलाई उदृत गर्दै सहकर्मी पे्रम श्रेष्ठले बताए ।

गाउँपालिकाभित्रका बिद्यालयमा अध्ययनरत छात्र÷छात्रा सहभागी भर्चुअल वक्तृत्वकला प्रतियोगीतामा देउराली माबि डुम्रेधारापानीका शुशिला तिमल्सिना प्रथम, शारदा माबि खार्पाका प्रतिक पोखरेल दोश्रो र गंगोद्धय माबि दुबेकोलका सञ्जु राई तेश्रो भएका छन् ।

विजेताले क्रमशः दुई हजार, पन्ध्र सय र एक हजार पाउने छन् । वाताबरणीय कृषि तथा बिकास केन्द्र (केड)को सहयोगमा सञ्चालित महिला प्रजनन अधिकार कार्यक्रम अन्तरगत अनलाइन वक्तृत्वकला प्रतियोगीता आयोजना गरिएको हलेसी बिकास मञ्चका कार्यक्रम संयोजक मगरले बताए ।

भर्चुअल वक्तृत्वकला प्रतियोगीतामा रावाबेँसी गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौला, केडकी कार्यकारी निर्देशक समिता प्रधान, गाउँपालिकाका शिक्षा शाखा संयोजक तिर्थराज दाहाल, विद्यालयका प्रध्यानाध्यापक, शिक्षक लगायतको सहभागीता रहेको थियो ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!