खोटाङ : महादेवस्थानका ८८ परिवारलाई राहत वितरण

खोटाङ, असार १२

खोटाङको हलेसी तुवाचुङ नगरपालिका-७ हलेसी महादेवस्थानका ८८ राहत वितरण गरिएकोे छ । बौद्ध सेतो गुम्बा काठमाण्डौको सामाजिक संस्था राङज्यूङ येशे शेनफेनले शुक्रवार ८८ परिवारलाई ८८ राहत वितरण गरेको हो ।

This image has an empty alt attribute; its file name is ar.jpg

शेनफेनले प्रति परिवार ३० केजी चामल, ३ केजी दाल, १ केजी नुन, १ लिटर खाने तेल र १ केजी मस्यौरा (तरकारी) वितरण गरेको हो ।


राहत गुम्बाकातर्फबाट प्रतिनिधि दावा शेर्पा, हलेसी तुवाचुङ नगरपालिकाकी उपप्रमुख विमला राई, हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानका वडाध्यक्ष चइन्द्र राई लगायतले वितरण गरेका हुन् ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!