खोटाङ : दिक्तेल नगरले ल्यायो ७६ करोड ९० लाख बढि बजेट

खोटाङ, असार १०

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आर्थिक वर्ष २०७७÷०७८ का लागि ७६ करोड ९० लाख २७ हजार ९० रुपैयाँ बजेट प्रस्तुत गरेको छ ।

बुधबार नगरपालिकाको नगरसभामा नगरपालिकाकी उपप्रमुख बिणादेबी राईले संघीय सशर्त कार्यक्रमतर्फ ४० करोड ८९ लाख, संघीय विशेष अनुदानबाट संञ्चालित आयोजनाहरुको लागि २ करोड, संघीय र प्रदेश सरकारबाट प्राप्त हुने समपुरक अनुदान तोकिएको आयोजनाहरुको लागि आवश्यक बजेट विनियोजन गरिएको जनाइएको छ ।

प्रादेशिक सशर्त कार्यक्रमतर्फ २ करोड ५१ लाख, चालुखर्च तर्फ १२ करोड ८१ लाख ४० हजार ४७०, वडागत चालुखर्चतर्फ १ करोड १६ लाख, संघीय तथा प्रदेश सरकारसँगको सह लगानीमा निर्माणाधिन र निर्माण हुने नयाँ आयोजनाहरुका लागि ५ करोड ५७ लाख, आर्थिक वर्ष २०७६र०७७ मा अनुमानित आन्तरिक राजश्व र राजश्व बाँडफाँडबाट प्राप्त हुने रकम न्युन हुन गई सिर्जित दायित्वको भुक्तानी दिन २ करोड विनियोजन गरिएको छ ।

विषयगततर्फ आर्थिक विकास क्षेत्रका लागि ३ करोड ६६ लाख ९६ हजार, सामाजिक विकासतर्फ ३६ करोड ७० लाख ८४ हजार ५ सय, पूर्वाधार विकास क्षेत्रमा ३ करोड १० लाख ४२ हजार ५ सय, वन, वातावरण,विपद व्यवस्थापन तथा सरसफाई, संस्थागत विकास, सेवा प्रवाह तथा सुशासन लगायतका कार्यक्रमका लागि नगरपालिकाले बजेट विनियोजन गरिएको नगरप्रमुख दिपनारायण रिजालले बताए ।

कोरोना कहरका विच नगरपालिकाले कृषि र रोजगारलाई प्राथामिकता पहिलो प्राथमिकता राखेर बजेट ल्याएको छ । कोरोनाका कारण मानव जाति माथि सबैभन्दा ठूलो संकटका वाबजुत नगरवासीहरुको जीवन रक्षा र विकास निर्माण तथा आर्थिक व्यवस्थालाई गतिशिल र चलायमान बनाउने दृढ विश्वास सहितको बजेट विनियोजन गरिएको नगरप्रमुख रिजालको भनाइछ ।

प्रत्येक गाउँ तथा वडालाई कृषिमा आत्मनिर्भर बनाउने, उच्च दिगो र फराकिलो आर्थिक विकास गर्ने पूर्वाधार, समृद्ध, समुन्नत र अर्गानिक नगर बनाउने, विभिन्न वर्ग, लिड्ड, सम्प्रदाय, क्षेत्र र जातजातिको समावेशी र समन्यायिक विकास गर्ने साथै नगरबाट प्रदान गर्ने सेवालाई प्रभावकारी बनाउने, महिलासँग उपमेयर कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!