खोटाङ दिक्तेलका ८४ जनाको पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ

खोटाङ, जेठ १९


खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट पिसिआर परीक्षणमा पठाइएका ८५ जनामध्ये ८४ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणकाक्रममा विभिन्न क्षेत्रमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, क्वारेन्टाइनमा राखिएका व्यक्ति, सम्भावित संक्रमित तथा पत्रकारको स्वाब संकलन गरेर पिसिआर परीक्षणमा पठाइएकोमा ८४ जनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पतालका डा मेडिकल अधिकृत शैलेस श्रेष्ठले बताए ।

त्यसमध्ये एक जनाको रिपोर्ट आईतबार आएको हो । एक जनाको स्वाब भने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठ्माण्डौंमै हराएको बताइएको छ ।

स्वाब हराएका व्यक्तिको पुःन स्वाब संकलन गरेर परीक्षणमा पठाउने तयारी भएको डा। श्रेष्ठले बताए । जेठ १२ गते सोमबार संकलन गरिएको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठ्माण्डौं पठाइएको थियो ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!