खोटाङ : दिक्तेलका दुईजनाको आरडिटी रिपोर्ट पोजेटिभ

खोटाङ, जेठ १८

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा दुईजना व्यक्तिहरुको (आरडिटि) रिपोर्ट ‘पोजेटिभ’ आएको छ ।

आइतबार रक्त संञ्चार केन्द्र दिक्तेलमा गरिएको आरडिटि परिक्षणमा उनीहरुको रिपोर्ट ‘पोजेटिभ’ आएकोे हो ।

डेढ महिना अघि काठमाण्डौबाट दिक्तेलमा आई एक योजनामा काम गर्दै आएका १० जनाको आरडिटि गर्दा दुईजना पुरुषमा आरडिटि रिपोर्ट ‘पोजेटिभ’ देखिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका स्वास्थ्य संयोजक तीर्थराज आचार्यले जानकारी दिए ।

आरडिटि रिपोर्ट ‘पोजेटिभ’ देखिएका दुई जनालाई आइसोलेसनमा राखिएको छ । उनीहरुको पिसिआरका लागि भोली स्वाव संकलन गरिने छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!