खोटाङ : टेम्केडाँडा जोड्ने पदमार्ग निर्माण सुरु

खोटाङ, जेठ २९

खोटाङको साकेला गाउँपालिकाले पर्यटकीयस्थल टेम्केडाँडा जोड्ने पर्यटन पदमार्ग निर्माण सुरु गरेको छ । प्रदेश सरकारको क्रमागत योजनाका रुपमा गाउँपालिका ढुंगा सोलिङ गरेर चखेवाभञ्ज्याङ–मानेभञ्ज्याङ ९मात्तिम० जैविक पदमार्ग निर्माणमा जुटेको हो ।

खोटाङ र भोजपुरको सिमानामा पर्ने पर्यटकीयस्थल टेम्केडाँडाको पर्यटन प्रवद्र्धनका लागि साकेला गाउँपालिका–४ मात्तिम मानेभञ्ज्याङदेखि चखेवाभञ्ज्याङ पुग्ने पदमार्ग निर्माण सुरु गरिएको गाउँपालिकाका अध्यक्ष अर्जुन खड्काले बताए ।

चखेवाभञ्ज्याङ–मानेभञ्ज्याङबीचको करिब ७ किलोमिटर दुरीमध्ये हालसम्म करिब ५ किलोमिटर खण्डमा ढुंगा सोलिङ गर्ने काम भइसकेको छ । पदमार्गको एक मिटर २० सेन्टीमिटर चौंडाईमा ढुंगा बिछ्याउनेगरी आर्थिक वर्ष २०७५÷०७६ बाट पदमार्ग निर्माणको काम थालिएको हो ।

गाउँपालिकाको स्वीकृत कार्यक्रम अनुशार पर्यटन पदमार्ग निर्माणका लागि प्रदेश सरकारबाट आर्थिक वर्ष २०७५र०७६ मा २० लाख र आर्थिक वर्ष २०७६र०७७ मा ४० लाख प्राप्त भएको थियो । पदमार्गमा ढुंगा सोलिङको काम सकिएपछि पदमार्गका ठाउँ–ठाउँमा विश्रामस्थल, पाटी, खानेपानी लगायतका संरचना निर्माण गरिने छ ।

यस्तै, सो पदमार्गमार्फत टेम्के तथा सो आसपासका रमणीयस्थलमा सजावट गर्ने, हरियाली पार्क बनाउने लक्ष्य राखिएको छ । भविष्यमा पदमार्गका आसपासमा होम स्टे, घोडाबाट यात्रा गर्नेरगराउने जस्ता व्यवसायमूलक सेवा सञ्चालनको वातावरण सिर्जना हुने अध्यक्ष खड्काले बताए ।

‘पदमार्गका ठाउँ–ठाउँमा रिफ्रेस सेन्टर, हरियारी पार्क जस्ता संरचनाहरु बनाइने छ । ठाउँ–ठाउँमा होम स्टे सञ्चालन गराउने कन्सेप्ट छ,’ अध्यक्ष खड्काले भने, ‘पदमार्गमा पैदल हिँड्नु बाहेक घोडा चढेर यात्रा गर्नेरगराउने व्यवसाय पनि सञ्चालन गर्ने सोच अघि बढाएका छौँ ।’

चालु आर्थिक वर्ष पदमार्गको २ हजार ३ सय मिटर खण्डमा ढुंगा सोलिङ गरिएको छ । गत वर्ष पनि सोही हाराहारीमा पदमार्गमा सोलिङ गरिएको थियो ।

पदमार्गका माध्यमबाट पर्यटकीयस्थल मपारुङ भीरलाई समेत जोड्ने लक्ष्य राखिएको छ । यस्तै, तावाभञ्ज्याङबाट पनि टेम्के पुग्ने छुट्टै पदमार्गको अवधारणा अघि सारिएको गाउँपालिका अध्यक्ष राईले बताए ।

जैविक विधिताले भरिपूर्ण टेम्केडाँडा उत्तरका सेताम्मे हिमश्रृंखला तथा तराईका फाँटको दृश्यावलोकनका लागि चर्चित छ । ३ हजार १० मिटर उचाई भएको पर्यटकीयस्थल टेम्केडाँडामा हिउँद याममा आन्तरिक तथा बाह्य पर्यटकको बाक्लो आवागमन हुने गरेको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!