खोटाङ : केपिलासगढिका ८५ जनाको आरडिटि रिपोर्ट नेगेटिभ

कोशी कुमार राई,
खोटाङ, जेठ २०

खोटाङको केपिलासगढि गाउँपालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी गरि ८५ जनाको आरडिटि रिपोर्ट नेगेटिभ आएको छ । मंगलबार २९ जना महिला र ५६ जना पुरुषमा गरिएको ¥यापिड डाईनोष्टिक टेस्टको रिपोर्ट नेगेटिभ आएको हो ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस संक्रमण जोखिम बढी भएका जनप्रतिनिधि, स्वास्थयकर्मी र सुरक्षाकर्मीको आरडिटि परिक्षण गरिएको सहकर्मी कोशी कुमार राईले जानकारी दिए ।

कोरोना भाईरस संक्रमण देखिएमा पृथ्वी माविको भवनमा १० बेडको आईसोलेसन वार्ड समेत स्थापना गरेको स्वास्थ्य शाखा संयोजक शिव कुमार राईले जानकारी दिए ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!