खोटाङ : ऐसेलुखर्कमा विद्युत अबरुद्ध, ५ सय उपभोत्ता अन्धकारमा

सोलुखुम्बु, भदौ ३१

खोटाङको ऐसेलुखर्कमा विद्युत अबरुद्ध बनेको छ ।

सोमबार राति परेको अविरल वर्षातका कारण एसेलुखर्क लिदिङखोला लघुजलविद्युत आयोजनाको १५ मिटर कुलो भत्किएपछि विद्युत उत्पादन तथा प्रवाह बन्द भएको हो ।

७० किलोवाट क्षमताको लघुजलविद्युतबाट विद्युत उत्पादन बन्द हुँदा ५ सय उपभोक्ता अन्धकारमा बस्न बाध्य बनेको सहकर्मी खेमराज पुरीले जानकारी दिए ।

विद्युत अभावमा सरकारी कार्यालय तथा अन्य मेसिनरी उपकरण सञ्चालनमा समस्या भएको छ । आगामी दुई हप्ता भित्रमा कुलो निर्माण सकेर विद्युत सुचारु गर्ने लघुजलविद्युत आयोजनाका अध्यक्ष हरेराम राजभण्डारीले बताए ।

यसैबीच, ऐसेलुखर्क गाउँपालिका वडा नम्बर २ बाकाचोलको भवन निर्माण कार्य ७० प्रतिशत सकिएको छ । गत आर्थिक वर्ष २०७६–७७ को गाउँपालिकाको २५ लाख लागतमा निर्माण थालिएको आरसिसि एक तले भवनको ७० प्रतिशत काम सकिएको निर्माण उपभोक्ता समितीका अध्यक्ष निरकुमार तामाङले जानकारी दिए ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!