खोटाङ : ऐसेलुखर्कमा आरडिटी पोजेटिभको संख्या ८ पुग्यो, १९ जनाको स्वाब संकलन


सोनी राई,
सोलुखुम्बु, जेठ १८


शनिबार शंकास्पद रिपोर्ट आएको खोटाङ ऐसेलुखर्क गाँउपालिकाकी एक स्वास्थ्य कर्मीको आरडिटी रिपोर्ट पोजेटिभ आएको छ ।

योसंगै गाँउपालिकामा आरडिटी रिपोर्ट पोजेटिभ आउनेको संख्या ८ पुगेको छ । त्यस्तै, १० जनामा गरिएको आरडिटी परिक्षणको रिर्पोट नेगेटिभ आएको कोभिड १९ सुचना अधिकारी रामकाजी नेपालले बताए ।

साथै १९ जनाको पिसिआर परिक्षणका लागि स्वाव संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाईएको सहकर्मी खेमराज पुरीले जानकारी दिए ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!