खोटाङमा ‘हलेसी’ साईनो स्टार २०७५’ आयोजना हुने

हिमाल एफ एम,
खोटाङ, श्रावण २७,

खोटाङमा बृहत एकल सांगीतिक प्रतियोगिता ‘हलेसी’ साईनो स्टार २०७५’ आयोजना हुने भएको छ । जिल्ला र जिल्ला बाहिरका प्रतिभालाई उजागर गरेर विश्वसामु पु¥याउने उद्देश्यले ‘हलेसी’ साईनो स्टार सञ्चालन गरिने भएको हो । हलेसी टाईम्स दैनिक पत्रिका र साईनो कला केन्द्र दिक्तेलको संयुक्त आयोजनामा आगामी मंसिर ९ गतेबाट दुई नगरपालिका, आठ गाउँपालिकामा ‘हलेसी’ साईनो स्टार २०७५’ को अडिसन राउण्ड सुरुवात हुने साईनो कला केन्द्र दिक्तेलमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको थियो ।

तीन महिनाको अवधिमा सम्पन्न गर्ने लक्ष्य लिएर सुरुवात हुने ‘हलेसी’ साईनो स्टारको पहिलो चरण अडिसन मंसिर ९ गते साकेला गाउँपालिका, १० गते दिप्रुङ चुईचुम्मा गाउँपालिका, १२ गते खोटेहाङ गाउँपालिका, १४ गते जन्तेढुंगा गाउँपालिका, १६ गते बराहपोखरी गाउँपालिका, २० गते हलेसी तुवाचुङ नगरपालिका, २१ गते रावाबेंशी गाउँपालिका, २२ गते ऐसेलुखर्क गाउँपालिका, २४ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, २६ गते केपिलासगढी गाउँपालिका र मंसिर २८ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको बुईपा बजारमा अडिसन हुने ‘हलेसी’ साईनो स्टार संयोजक प्रमोद श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार गाउँपालिका स्तरीय अडिसनबाट दश/दश जना छनौट गरीनेछ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको हकमा बुईपा र दिक्तेलबाट दश÷दश जना गरी बीस जना छनौट गरिनेछ । प्रतियोगितामा छिमेकी जिल्लाका ईच्छुकहरुले समेत भाग लिन सक्नेछन् । गाउँपालिका स्तरीय अडिसनपछि जिल्ला स्तरीय अडिसन, जिल्ला स्तरीय दोश्रो, तेश्रो, चौथो, पाचौं, छैटौं तथा सातौ अडिसनमा प्रतियोगिता सम्पन्न हुने ‘हलेसी’ साईनो स्टारका निर्देशक डिएम चाम्लिङ राईले बताए ।

प्रतियोगिताका प्रथमले नगद ५५ हजार ५ सय ५५, गीत रेकर्डिङ, एक वर्ष संगीत कक्षा र प्रमाणपत्रका साथमा ट्रफि, मायाको चिनो प्राप्त गर्नेछन् । यस्तै, द्धितियले नगद ३० हजार, एक वर्ष संगीत कक्षा, प्रमाणपत्र, ट्रफि, मायाको चिनो र तृतियले १५ हजार नगदसहित एक वर्ष संगीत कक्षा, प्रमाणपत्र र ट्रफि तथा मायाको चिनो पाउनेछन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु