खोटाङमा मेयर र उपमेयर उमेद्धार छान्न किन यसो गर्दै छ एमाले ?

हिमाल एफ एम
खोटाङ ४ बैशाख

आगामी बैसाख ३१ गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनका लागि खोटाङका दलले योग्य र प्रभाव राख्न सक्ने उम्मेदवार छानिरहेका छन् । योग्य उम्मेदवारमार्फत आफ्नो जीत सुनिश्चितताकालागि अधिकांश दलहरु आन्तरिक अभ्यासमा रहेका समयमा नेकपा एमाले खोटाङले भने रुपाकोट मझुवागढी नगरपालिकाको मेयर र उपमेयरमा दाबी गर्ने उम्मेदवारले अनिवार्य ‘भिजन’ पेश गर्नुपर्ने मापदण्ड बनाएको छ ।

भावी मेयर र उपमेयरले सिंगो नगरपालिकाको आर्थिक, सामाजिक, भौतिक, प्रशासनिक परिवर्तन गर्ने दक्षता राख्नुपर्ने भएकाले उम्मेदवारको क्षमता पहिचान एबं योग्य व्यक्ती छान्नका लागि छुट्टै मापदण्ड बनाइएको एमालेका अध्यक्ष बबी चामलीङले बताए ।
दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङको सदरमुकाम दिक्तेल रहेको रुपाकोट मझुवागढी नगरपालिकाको उम्मेदवार छान्नका लागि आईतबारदेखि सुरु गरिएको बैठकमा मेयर र उपमेयरमा दाबी गर्ने हरेक उम्मेदवारलाई तीन–तीन मिनेटको कार्ययोजना पेश गर्न लगाइएको छ ।

रुपाकोट मझुवागढी नगरपालिकामा मेयरका लागि ९ जना र उपमेयरका लागि ७ जना आकांक्षी देखिएका छन् । मेयर र उपमेयरका आकांक्षीले नगरपालिकाको आर्थिक, सामाजिक, राजनैतिक र भौतिक क्षेत्रमा परिवर्तन गर्न सकिने सम्भावना सहितको कार्ययोजना बारेमा प्रतिबद्धता जनाउँदै उम्मेदवारकारुपमा दाबी गरेका छन् । एमाले नगर कमिटिको निर्णय अनुशार आकांक्षीबाट नगरपालिकाको परिर्वतनका सवालमा पाँच वर्षभित्र गर्न सकिने र बहुवर्षीय कार्ययोजना माग गरिएको हो ।

मेयर र उपमेयरका आकांक्षीबाट रुपाकोट मझुवागढीमा रिङरोड निर्माण, स्वर्ण रुपाकोट मझुवागढी चक्रपथ निर्माण, नमूना नगरपालिका, उद्योगको स्थापना लगायतका कार्ययोजना पेश भएको श्रोतले जनाएको छ । मेयरका लागि नेताबीचमै होडबाजी चलेको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!